arrow

नर्कभन्दा कम छैन महिलाको लागि यो मुलुक

logo
प्रकाशित २०७५ कार्तिक २९ बिहिबार
women1.jpg

काठमाडौं । अष्ट्रेलियाको उत्तरमा रहेको पपुवा न्युगिनी महिलाहरुको लागि निकै खतरानक मुलुक मानिने गरिएको छ । एक अनुमानका अनुसन्धानका अनुसार यो मुलुकमा ७० प्रतिशत महिलाहरुले आफ्नो जीवनकालमा बलात्कारको सामना गर्ने गरेका छन् । पपुवा न्युगिनीमा महिलामाथिको हिंसालाई मानिसहरुले पनि सही मान्ने गरेका छन् ।

साथै यो मुलुकमा महिलाहरुमाथि हुने हिंसामा निकै कम मात्र कारबाही हुने गरेको छ । एक वरिष्ठ अधिकारीले २०१८ को जनवरीदेखि बलात्कारका छ हजारभन्दा बढी मुद्दा दायर भएका छन् । यस्तोमा मुद्दा दायर नगर्नेको संख्या पनि अत्यधिक रहेको पाइएको छ ।

 पपुवा न्युगिनीमा बालात्कार हुनु सामान्य जस्तै बन्न पुगेको छ । यो मुलुकमा सबैभन्दा धेरै मुद्दा बलात्कारको विषयमा रहेका छन् ।  बलात्कारका दोषीहरु यस विषयमा खुलारुपमा कुराकानी गर्ने गरेका छन् । उनीहरुलाई प्रहरी र क्यामेराको कुनै डर हुँदैन ।

 पपुवा न्युगिनीमा महिला हिंसामा २ वर्षको जेल सजाय हुने गरेको छ वा २ हजार डलर जरिवाना हुने गरेको छ । पपुवा न्युगिनीको जेलमा पनि अत्यधिक मात्रामा बलात्कारको मुद्दामा सजाय भोगिरहेका मानिसहरु रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ