arrow

तीन टुक्रा भयो एयर काष्ठमण्डपको विमान, पाइलट र को–पाइलटको निधन

मृतकको शव र घाइतेलाई नेपालगन्ज लगियो

logo
प्रकाशित २०७२ फागुन १४ शुक्रबार
biman-file-photo.jpg.jpeg
कालिकोट । कालिकोटको चिल्खायामा दुर्घटनमा भएको एयर काष्ठमण्डपको नाइन एन एजेबी विमान तीन टुक्रा भएको छ । घटनास्थल पुगेका सहकर्मी खगेन्द्र भट्टराईका अनुसार दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुने पाइलट दिनेश न्यौपाने र को–पाइलट सन्तोष राना छन् । घाइते ९ मध्ये तीन जनाको अवस्था गम्भीर छ । चिल्खायाको बस्ती नजिकै घर छेकेर विमान समथर ठाउँमा खसेको भट्टराईले बताए ।
 
कालिकोट प्रहरी प्रमुख एवं प्रहरी नायव उपरीक्षकको टोली घटना स्थलमा पुगेको उनले जानकारी दिए । घटनास्थको प्रकृति हेर्दा विमान आकस्मिक अवरण गर्न खोज्दा दुर्घटना भएको जस्तो देखिएको भट्टराईको भनाई छ । मृतकको शव र घाइतेहरुलाई उद्धार गरी केलिकोप्टरबाट नेपालगन्जस्थित कोहलपुर मेडिकल लगिएको छ । विमानको अकस्मात पङखा चल्न बन्द भएपछि विमान अवतरण गराउन खोजिएको प्रत्यक्षदर्शीले बताएका छन् । जहाँज उडेको २५ मिनेटमै आकस्मिक अवतरण गराउन खोजिएको बताइएको छ । नेपालगन्जबाट जुम्लाका लागि उडेको विमान जुम्ला पुग्नै लाग्दा दुर्घटनामा परेको हो । गम्भीर भएका चालकको १ घण्टापछी मृत्यु भएको स्थानीयले बताएका छन् । 



नयाँ