arrow

मनै लोभ्याउने अनौठा होटलहरु

logo
प्रकाशित २०७५ कार्तिक ३० शुक्रबार
hotel_1519031873.jpeg

काठमाडौं। तपाईले देश विदेशमा विभिन्न शानदार होटलको बारेमा सुन्नु भएको होला।  कुनै फाइभ स्टार, कुनै सेभेन स्टार, कुनै आफैमा भव्यताले चर्चीत होटल। तर के तपाईले विश्वका अनौठा होटलका बारेमा सुन्नु भएको छ ? जुन प्रकंतीको काखमा रहेका छन्। आज हामी तपाईलाई  विश्वका यस्ता अनौठा होटलका बारेमा जानकारी दिन गइरहेका छौं। जहाँ पुग्ने तपाईको पनि इच्छा हुनेछ। यो स्विजरल्याण्डको एश्चर क्लिफ होटल हो। जुन एक पहाडको काखमा रहेको छ। यसको बनाबट हेरेर जो कोहि पनि रोमान्चीत हुनेछ।

यो हो फ्रान्सको एट्रप रीव्स होटल। जुन पुर्ण रुपले प्रकृतिको काखमा रहेको छ। चारै तर्फ बरफहरुको बिच सिसाले ढाकिएको यो होटलमा गज्जबको महसुस गर्न सकिनेछ। यो मालदिभ्समा रहेको रंगाली आइसलेण्डमा बनेको कोनार्ड होटल हो। समुन्द्र भित्र रहेको यो होटलको माथिबाट माछाहरु पौडेको देख्न सकिन्छ। सिसाले घेरिएको यो होटल जो कोहिलाई नौलो स्वाद हुनेछ।

गुफा भित्र रहेको यो होटल एक फरक होटल मध्येको हो। इटालीको रिस्ट्रोनेट ग्रोटा होटलबाट समुन्द्र देख्न सकिन्छ। पहाड भित्र रहेको यो होटलमा पर्यटकको मन पर्ने होटल हो। इटेलियन होटल जस्तै थाइल्याण्डको रयादी कराबीमा बनेको यो होटल पनि गुफा भित्र रहेको छ। यो होटल समुद्र तटमा रहेको छ। यो इन्डोनेशियाका उबुद हैङ्गिंग गार्डन होटल हो । जुन घना जंगलको बिचमा रहेको छ । यो लग्जरी होटल मध्येको एक हो।

अब यो होटललाई हेर्नुस् जंगलको बिचमा स्थित यो होटल, प्रकृति प्रेमिहरुको लागि शानदार गन्तब्य हो। यो इन्डोनेशियाको बाली द्वीपमा रहेको पन्चोरन रिट्रीट रिसोर्ट हो। यो होटलमा बसेर तपाई टाढा टाढासम्मको प्रकृतिको दृश्यपान गर्न सक्नुहुनेछ। यो  सेन्ट लूसियामा रहेको लाडेरा रिसोर्ट हो। यो फिलिपिन्सको विला एसकुडेरो हो। जहाँ झरनाको बिचमा पर्यटहरुलाई बस्ने व्यवस्था गरिएको छ।

हेर्दा यो पहाड जस्तो देखिने चिलीको चर्चित होटल मोन्टाना मेजिका लज हो । जहां पुग्न तपाई यहि फट्के पुलको माध्यमबाट जानुपर्ने हुन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ