arrow

यूएनको इन्टरनेट गभर्नेन्स फोरममा आनन्दराज खनाल

logo
प्रकाशित २०७५ कार्तिक ३० शुक्रबार
ananda-raj-khanal-IGF-internet.jpg

काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणका बरिष्ठ निर्देशक आनन्दराज खनाल संयुक्त राष्ट्र संघको इन्टरेनट गभर्नेन्स फोरम 'आइजीएफ' को मल्टिस्टेक होल्डर एडभाइजरी ग्रुप (म्याग) को सदस्यमा नियुक्त भएका छन्। खनाल आइजिएफको मल्टिस्टेकहोल्डर एडभाइजरी ग्रुप 'म्याग' सदस्यमा नियुक्त हुने खनाल पहिलो नेपाली हुन्। खनाललाई संयुक्त राष्ट्र संघले सन् २०१९ को एक कार्यकालको लागि सयुक्त राष्ट्रसंघका महासचिवले सदस्य नियुक्त गरेका हुन्। आइजिएफ संयुक्त राष्ट्र संघ अन्तर्गत सूचना प्रविधि सम्बन्धी एक निकाय हो। 

आइजिएफले इन्टरनेट प्राविधिक, व्यवसायीक, सामाजिक प्रशासनिक विकासको सम्बन्धमा सरोकारवाला निकायसँग छलफल गरी इन्टरनेट विकास र प्रवर्द्धनका तथा साइवर सेक्युरिटी लगायतमा आइजिएफले संयुक्त राष्ट संघका महासचिवलाई सुझाव दिने बताइएको छ।

विश्वभरबाट भौगोलिक र क्षेत्रगत प्रतिनिधित्वको आधारमा म्यागको सदस्य नियुक्त हुने प्रावधान रहेको छ। म्यागले साइबर तथा इन्टरेनट स्पेशका विषयहरुका सरकारी र गैरसरकारी सरोकारवाला निकायसँग बहस गरी नीति निर्माणमा योगदान समेत गर्नेछ। यसअघि खनाल विश्व दूरसञ्चार संघको स्टडी ग्रूपको उपाध्यक्षमा दुइ कार्यकाल निर्वाचित भएर बिताइसकेका छन्। उनलाई  २०१४ मा दुबईमा सम्पन्न महासभाले २०१४ देखि २०१७ सम्मका लागि सोही पदमा निर्वाचित गरेको थियो। संघका एशिया प्रशान्त क्षेत्रका ३८ मुलुकका बिज्ञहरु मध्येबाट नेपाल र कोरियाले मात्रै प्रतिनिनिधित्व गर्ने अवसर पाएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ