arrow

एकै परिवारका ३ सदस्य दुर्घटनामा परे, घाइते अधिकांश जुम्ला चन्दननाथका

बाबु छोरी पनि घाइते

logo
प्रकाशित २०७२ फागुन १४ शुक्रबार
biman-file-photo.jpg.jpeg
कालिकोट । नेपालगन्जबाट जुम्लाका लागि उडेको एयर काष्ठमण्डपको विमान दुर्घटनामा एकै परिवारका तीन सदस्य घाइते भएका छन् । जुम्ला चन्दननाथ नगरपालिका–६ का मेघराज गरी, पत्नी जगदम्बा खत्री र छोरा प्रनील गिरी दुर्घटनामा घाईते भए । गिरीले दुर्घटना लगत्तै पाइलटको मृत्युको जानकारी गराएका थिए । यद्यपि, उद्धार टोली पुगेपछी मात्रै मृत्यु पुष्टी भएको थियो ।
 
यस्तै, चन्दननाथ–७ का गणेश भट्टचनका बाबु छोरी नै घाइते भएका छन् । शोनाली भट्टचन गणेशकी छोरी हुन् । दुर्घटनास्थल पुगेका सहकर्मी खगेन्द्र भट्टराईका अनुसार घाइते हुने अधिकांश चन्दननाथकै छन् । एक जना नुवाकोटका यात्रु पनि घाइते छन् । घाइते सबैलाई कोहलपुर लगिएको छ । स्थानीय स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुले प्राथमिक उपचार गरेपछी मात्रै कोहलपुर लगेका घाइतेहरुको अवस्था खतरामुक्त रहेको सहकर्मी भट्टराईले बताए । 
 
नेपालगन्जबाट जुम्लातर्फ उडेको २५ मिनेटमै विमानमा अकस्मात खराबी आएपछि आकस्मिक अवतरण गराउन खोज्दा दुर्घटना भएको हो । दुर्घटनामा पाइलट दिनेश न्यौपाने र को–पाइलट सन्तोष रानाको मृत्यु भएको छ । यसअघि, मंगलबार मात्रै म्याग्दीको दाना गाविस– सोलीघोप्टेमा तारा एयरको विमान दुर्घटना हुँदा विमानमा सवार २३ जनाको मृत्यु भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ