arrow

पाँच नम्वर प्रदेशका कांग्रेस सभापतिहरुको ठहर -हत्या हिंसाका घटनामा सरकार रमिते बन्यो

logo
पहलमान घर्ती,
प्रकाशित २०७५ मंसिर १ शनिबार
congress-5.jpg

रोल्पा । पाँच नम्वर प्रदेश अन्तरगत कांग्रेसका १० जिल्ला सभापतिहरुले देशमा हत्या हिंसा बढी रहदा पनि सरकार रमिते भई हेरीरहेको आरोप लगाएका छन् । जिल्ला सभापतिहरुको प्युठानको स्वर्गद्वारीमा भएको भेलामा यस्तो धारणा व्यक्त गरेका हुन ।

 सरकार गठन भएको ९ महिनको अवधिमा जनताका अत्यावश्यक वस्तु दैनिक उपभोग्य समाग्रीमा महंगी बढाएको धारणा व्यक्त गरेका थिए । देशमा बलात्कारका हत्य हिंसा जस्ता घटना बढी रहदा पनि सरकार रमिते बनेको दावी गरेका छन् । भने सरकार देशमा शान्ति अमनचयन गर्नुको साटो उल्टै सरकारले नै दोषीलाई संरक्षणा दिइरहेको आरोप समेत लगायका हुन ।

भेलाले पाँच नम्वर प्रदेशको स्थायी राजधानी र नाम छिटै टुंगाउन प्रदेश सरकार समक्ष आग्रह गरेको छ । स्थानीय तहले विभिन्न बाहानामा सर्वसाधारण जनता माथि चर्को कर असुली गरिरहेको समेत बताएका छन् । साथै सभापतिहरुको भेलाले तत्काल जनविरोधी कामलाई रोकी शान्ति, सु–व्यवस्था कायम गर्न सरकार समक्ष माग गरेको छ । दुई तिहाई सरकारले जनताको आशा र अपेक्षा माथि तुसारापात गरेको ठहर उनीहरुको छ ।

साथै पार्टीलाई माथि ल्याउनको लागि गाउँ गाउँमा संगठन विस्ता गर्नतर्फ सबै प्रदेशमा लाग्नु पर्ने रोल्पाका जिल्ला सभापति तथा पुर्व सिंचाइ राज्यमन्त्री एवं विधान मस्यौदा उपसमितिका सदस्य अमरसिंह पुनमगरले बताए । पार्टीलाई सवल बनाउनको लागि सबै प्रदेशमा लाग्नु पर्छ । उनले भने- 'भेलाले अस्वस्थ अवस्थामा रहेका रुपनदेहीका पार्टी सभापति एवं पुर्व राज्य मन्त्री अवदुल रजाक गडीगको स्वास्थ्य लाभको कामना समेत गरेको छ ।'

स्वर्गद्वारीको विकासमा समेत अग्रसर हुने भेलाले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ