arrow

केटाकेटीलाई मोबाइलको प्रयोग गर्न नदिउँ !

logo
प्रकाशित २०७५ मंसिर १ शनिबार
Kids_using.jpg

काठमाडौं। के तपाईले आफ्ना नानीहरुलाई मोबाइलको अधिक प्रयोग गर्ने अवसर दिइएको छ ? मोबाइलको अधिक प्रयोगबाट नानीहरुको आँखामा विस्तारै असर परिरहेको हुन्छ। मोबाइलमा रमाउने नानीहरुको आँखा सुख्खा हुने, दीर्घकालमा आँखामा एलर्जी हुने तथा आँखा चिलाउने समस्या आउन सक्छ।

 स–साना नानीहरुको आँखाको रोगको एउटा कारण मोबाइल पनि हुने गरेको छ। स–साना बालबालिकालाई आँखा रातो हुने तथा आँखा पाक्ने समस्या उत्पन्न हुन्छ। आँखा शरीरको महत्वपूर्ण अंग भएकाले हरेक व्यक्तिले कम्तीमा छ महिनामा एकपटक आँखाको जाँच गराउनुपर्छ र सन्तुलित भोजन विशेष गरी सागपात बढी सेवन गर्नुपर्ने हुन्छ।

त्यस्तै, स–साना बालबालिकाले अक्षर पढ्दा अति नजिक राखेर पढ्ने बानी गर्न नहुने, डिमलाइट तथा वाइडलाइटमा पुस्तक पढ्ने गर्नाले पनि आँखालाई समस्या हुने गरेको छ । उमेर अनुसार अर्थात ४५ वर्ष नाघेका व्यक्तिमा मोतियाबिन्दु रोग लाग्न सक्ने सम्भावना हुन्छ। आँखाको पर्दा च्यातिएर हुने समस्या विशेष गरेर चोटपटक लागेर वा दुर्घटना भएर हुने गरेको छ।

अर्को कारण हो माइनस १५ देखि माइनस २० पावरको चस्मा लगाउने व्यक्तिमा पनि आँखाको पर्दा च्यातिन सक्ने सम्भावना हुन्छ। उनका अनुसार माइनस १० पावरको चस्मा लगाउने आँखा रोगीले समय समयमा जाँच गरेर आँखाको ख्याल राख्नुपर्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ