arrow

महिलाको पेटमा ज्वेलरीको भण्डार !

logo
प्रकाशित २०७५ मंसिर १ शनिबार
operation1.jpeg

काठमाडौं ।  संसारमा कयौ अनौठा घटनाहरु हुने गरेका छन् । तर त्‍यसमाथि तबसम्म हामी विश्वास गर्दैनौ जबसम्म हामी आफ्नै आँखाले प्रतक्ष देख्दैनौ ।  गुजरातको अहमदाबादमा यस्तै एक घटना भएको छ । त्यहाँकी एक महिलाको घटनाले सबैलाई चकित पारेको छ ।
 
अहमदाबाद स्थित सरकारी अस्पतालमा डाक्टरहरुले अप्रेशन गरेर एक महिलाको  पेटबाट १.५ किलोग्राम वजनको धातु निकालेका छन् । जसमा म‌ङ्गलसुत्र, चुरा, ब्राँसलेट, सिक्रि, हेयरपिन र नटबोल्ट रहेका छन् । महिलाको पेटबाट यति धेरै मात्रामा धातु निस्किएको देखेर डाक्टर अचम्ममा परेका छन् ।
 
उक्त महिलाको नाम संगीता हो । ४५ बर्षीया उनि मानसिक रूपमा बिरामी हुन् । डाक्टरका अनुसार उनि 'एकुफेजिया' नामक रोगबाटग्रसित छिन् । करिब दुई घण्टासम्म चलेको अप्रेशनबाट डक्टहरुले उक्त धातु निकालेका हुन् ।

डक्टहरुका अनुसार 'एकुफेजिया' एक दुर्लभ रोग हो । साथै यो रोग निकै कम मानिसहरुलाई लाग्ने गर्दछ । सो रोगबाट ग्रसित मानिसहरुले खाने र नखाने कुरा छुट्‍याउन सक्दैनन् । त्यसैले धातुबाट बनेको कुरालाई पनि निल्ने गर्दछन् । यो रोग प्राय मानसिक रूपमा बिरामी रहेका मानिसहरुमा बढि रहने गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ