arrow

तरुण दलका अध्यक्ष राणा किन शेर बहादुर देउवाको पक्षमा?(भिडियो)

यूवाहरुको उपस्थिति केन्द्रीय समितिमा पुर्‍याउन तरुण दल लाग्ने

logo
प्रकाशित २०७२ फागुन १४ शुक्रबार
uday-samser-rana.jpg.jpeg
काठमाडौं। नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष उदय शमशेर राणाले नेपाली काँग्रेसका कार्यकर्ताहरु परिवर्तनको पक्षमा रहेको बताएका छन्। नेपाली काँग्रेसको १३औं महाधिवेशनको सन्दर्भमा हाम्राकुरा डटकमसँग कुरा गर्दै अध्यक्ष राणाले तरुण यूवाहरुले अझ परिवर्तनको पक्षमा आफूलाई उभ्याउने बताए। 
 
लामो समयदेखि एकैनासको पार्टी नेतृत्व देख्दै आएका तरुण यूवाहरु धेरैले परिवर्तन चाहेका उल्लेख गर्दै राणाले भने परिवर्तन गर्दा नेतृत्व गर्न नपाएका अहिलेकै नेतृत्व तहबाट त्यो आवश्यकता पुरा गर्नुपर्नेमा आफूहरु उभिने बताए। धेरै कार्यकर्ताले अहिले पनि वीपी, सुवर्ण र किसुनजी जस्तो नेता भइदिए हुन्थ्यो भन्ने चाहना राखेपनि उहाँहरुको अनुपस्थितमा त्यो अभाव सधै खड्किने राणाले जनाए। हालमा क्रियाशिल नेताहरुमा को बढी पार्टीका लागि आवश्यक छ भन्ने कुरामा व्यवहारीक भएर सोच्नुपर्ने उनले बताए। 
 
नेपाली काँग्रेसलाई क्रियाशिल रुपमा कस्ले अगाडी बढाउन सक्छ? पार्टीका सबै नेता कार्यकर्तालाई कस्ले मिलाएर जान सक्छ? राष्ट्रिय अन्तराष्ट्रिय सम्पर्कका कारणले पार्टीलाई कस्का कारण फाइदा हुनसक्छ? लगायतका कुरा हेर्ने हो भने आजका दिनमा बरिष्ठ नेता शेर बहादुर देउवा नै उपयुक्त पात्र भएको दावी गर्दै राणाले कार्यकर्ताहरु पनि देउवालाई एक मौका दिउ भन्नेमा रहेको बताए। देउवाले काँग्रेसलाई समयमापेक्ष र व्यवहारीक रुपमा अगाडी बढाउने हैसियत पनि राख्ने बताए। 
 
नेपाली काँग्रेसको प्रभावशाली भातृसंस्था मध्येको एक तरुण दलका अध्यक्ष समेत रहेका राणाले पार्टीको नेतृत्व तहमा यूवाहरुको उल्लेख्य उपस्थिति बढाउन आफ्नो र तरुण दलको सम्पूर्ण उर्जा महाधिवेशनमा लगाउने बताए। तरुण दल पृष्ठभुमिका ४ सय भन्दा वढी कार्यकर्ता महाधिवेशन आएको उल्लेख गर्दै राणाले त्यो उर्जालाई संगठीत गर्दै महाधिवेशन मार्फत केन्द्रीय समितिमा बढी भन्दा बढी यूवाहरुलाई पुर्‍याउन आफू लागिपर्ने राणाले बताए। 
 
केन्द्रीय समितिमा यूवाहरुको उपस्थिति १२औं महाधिवेशनबाट बढे पनि त्यो उपस्थिति सोचेजती प्रभावकारी हुन नसकेको महशुस गरेका राणाले अहिलेकै विधान अनुसार पनि कम्तिमा ३० जना यूवालाई केन्द्रीय समितिमा पुर्‍याउनुपर्ने आफ्नो धारणा सुनाए। काँग्रेस केन्द्रीय सदस्यका आँकाक्षी समेत रहेका राणाले यूवाहरुको उल्लेख्य उपस्थिति काँग्रेस केन्द्रीय समितिमा पुर्‍याउन सकेमा मात्र काँग्रेसको नीति कार्यक्रम र योजनामा परिवर्तन गराउन सक्ने आफ्नो धारणा सुनाए। 
 
पार्टीमा छलफल र वहशको संस्कृतीलाई जोड दिनुपर्नेमा त्यो संस्कृतीलाई पार्टी नेतृत्वले नै नरुचाएको उनले आरोप समेत लगाए। छलफल र बहशलाई नरोकिन्थ्यो भने पार्टीको नीति तथा कार्यक्रममाथि ६ महिनाअघीदेखि छलफल हुन्थ्यो। तर कुनै छलफल र वहश विना केन्द्रीय समितिमा लगिएको नीति तथा कार्यक्रम फिर्ता पठाइनु यसैको उदाहरण भएको राणाको टिप्पणी छ। पार्टीको नीति तथा कार्यक्रम ६ महानाअघी देखि पार्टीको तल्लो तहसम्म पुर्‍याएको भए देशैभरि काँग्रेसको बिषयमा बहश हुने अवस्था हुन्थ्यो तर त्यो अवसर पार्टीले गुमाएको उनले बताए। 
 
राणासँगको कुराकानीका पूर्ण अंशका लागि यो भिडियो हेर्नुहोला
 



नयाँ