arrow

शासिम पासः पुचः समूहद्धारा विद्यार्थीलाई कम्प्यूटर सहितका सामग्री प्रदान

logo
प्रकाशित २०७५ मंसिर २ आइतबार
help-student.jpg

काठमाडौं । राजधानीको शासिम पासः पुचः समूहले काभ्रेका ४५ जना विद्यार्थीलाई कम्प्यूटर सहितका शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । २०७३ सालदेखि दुर्गम क्षेत्रमा अवस्थित विद्यालय छानेर शैक्षिक सामग्री हस्तान्तरण गर्दै आएको सो समूहले शनिबार चौरी देउराली गाउँपालिका ६ आरुबोटको सुनकोशी आधारभूत विद्यालयका ४५ जना विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको हो । 

कक्षा १ देखि ८ सम्मका ४५ जना विद्यार्थीहरुलाई सहयोग वापत शैक्षिक समाग्री प्रदान गरिएको संस्थाका संयोजक ज्ञानेन्द्र बज्राचार्यले जानकारी दिए । 

उनका अनुसार विद्यार्थीहरुलाई तीन सेट कम्प्यूटर, ४५ दर्जन कपी, ४५ थान उलन टोपी, ४५ जोर उलन मोजा गरी करिव १ लाख ५० हजार बराबरको सामग्री दिइएको उनले जानकारी दिए । 

यसअघि काभ्रेकै टेकानपुर टेमल र राजधानीको शान्ति शिक्षा माविका विद्यार्थीहरुलाई समेत सहयोग सामग्री दिइसकिएको उनले जनाए । 

यसअघि समेत ल्यापटप र कम्प्यूटर प्रदान गरिएको थियो । 

सो समूहमा शान्ति शिक्षा माविका २०३७ व्याचका विद्यार्थीहरु छन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ