arrow

‘चोरमाथि चकार’ : नक्कली डक्टर प्रहरी फन्दामा, उपचार गर्नेले एक रातको ३६ हजार असुल्यो

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७२ फागुन १४ शुक्रबार
laxmi-bohara-bajhang.jpg.jpeg
बझाङ । नक्कली डाक्टरले सुई लगाउदा एक महिला सिकिस्त भएपछि शुक्रबार नक्कली डक्टर प्रवीन मण्डल प्रहरी फन्दामा परेका छन् ।  सदरमुकाम चैनपुरमा मेडिकल संचालन गरिरहेका प्रवीन मण्डलले दमकी विरामी कोटदेवल–३ रनाडाकी ३५ वर्षीया लक्ष्मी बोहरालाई सुई लगाउना साथ बेहोस भए पछि प्रहरीले मण्डललाई पक्राउ गरेको हो ।  
 
भारतको बंगाल घर भएका प्रवीण मण्डल ७ वर्ष देखि बझाङ जिल्लामा बंगालकै नागरिक मनितोष बालाले संचालन गरेको न्यू चैन मेडिकलमा काम गर्दै आएका थिए । लक्ष्मी बेहोस भएपछि तत्काल चैनपुरको एक नीजी अस्पताल लगिएको थियो । अमिसा अस्पतालले एक रात उपचार गरेको करिब ३६ हजारको विल भुक्तानी गर्न भनेको आफन्तले बताएका छन् । नीजी अस्पतालमा उपचार गर्न नसकेपछी हाल जिल्ला अस्पतालमा उपचार भइरहेको छ । बेहोस भएकी बोहोराको अवस्था चिन्ताजनक रहेको र अक्सिजन दिइरहेको जिल्ला अस्पतालका चिकित्सक पूर्ण धर्तीले बताए ।   
 
५ वर्ष अघि देखि दमको रोगबाट पीडित लक्ष्मी यसअघिपनिमण्डलको मेडिकलमा आएर औषधी किन्ने गर्थिन् । त्यसदिन औषधी माग्दा मण्डलले सुई लगाए ठिक हुन्छ भने । एक सुइ लगाउदा सम्म ठिकै थियो, अर्काे सुई लगाउने विक्तिकै बोहोरा बेहोस भइन् । लक्ष्मीका भिनाजु मंगल कठायतले भने, ‘सुई लगाएर बेहोस भएकी बोहरालाई मण्डलले आफै बोकेर स्थानिय अमिसा अस्पतालमा लगेका थिए । त्यो वेला देखि अहिले सम्म बोहोरा बोल्न सकेकी छैनन् । मण्डलले लक्ष्मीलाई डेक्सोना र डेरीफाइलिन इन्जेक्सन एकै पटक लगाएका थिए ।’ 
 
श्रीमान् भारतमा रोजगारीको लागि गएका र लक्ष्मीको घरमा एक ६ बर्षको छोरा बाहेक कोही नरहेको आफन्तले बताए । आर्थिक अवस्था अत्यन्त नाजुक भएकी उनलाइ अमिसा अस्पतालले ७ गते राति भर्ना गरेर बिहान डिस्र्चाज गरको थियो  । प्रत्येक दिन अस्पतालमा उपस्थित गराउने शर्तमा उपचार गरेको अस्पतालले ३५ हजार ६ सय ७० को विल भुक्तानी गर्न भनेपछी जिल्ला अस्पताल लगिएको उनका भाई कृष्ण थापाले बताए । 
 
अमिसाले एउटा सादा कागजमा छाप लगाएर ल्याब टेस्ट गरेको १४ सय, औसधीको २५ सय ७०,  अक्सिजन चार्ज १२ हजार, नेबुलाइजेसन गरेको २ हजार ७ सय, नर्सिङ चार्ज ४ हजार र विरामी ठिक पारेको चार्ज भनेर १३ हजार गरी कुल ३५ हजार ६ सय ७० को विल दिएको छ । आफन्तबाट ऋण झिकेर १० हजार तिरिसकेका उनका भाइले जानकारी दिए । रकम तिर्नका लागी अमिसाका कर्मचारीले आफ्नो पिछा गरिरहेको थापाको भनाई छ ।  
 
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गगनसिहं भण्डारीले बिरामीको अवस्था चिन्ताजनक रहेको र मण्डलको बारे आवश्यक जाच बुझ अघि बढाएको बताए । अमिसा अस्पतालका कर्मचारी दिपक भण्डारीले सिकिस्त अवस्थामा आएकी विरामीको अस्पतालले उपचार गरेको र अस्पतालको नियम अनुसार शुल्क लिएको बताएका छन्  । लक्ष्मीलाई अमिसाका चिकित्सक विवेक सापकोटाले उपचार गरेका थिए । सुई लगाउने नक्कली डक्टर मण्डलले आफुले स्वास्थ्य सम्वन्धी कुनै पनि शैक्षिक योग्यता हासिल नगरेको वयान दिएका छन् । मण्डलले मेट्रिक पास सम्म गर्न नसकेको स्वीकारे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ