arrow

छाला फुट्ने समस्याबाट पार पाउन यसरी गर्नुहोस् कागतीको प्रयोग

logo
प्रकाशित २०७५ मंसिर २ आइतबार
lemon-footbath.jpg

एजेन्सी । जाडो मौसममा पैताला  फुट्ने समस्या धेरैमा देखिने गर्दछ । पैताला नफुटोस् भन्ने  धेरै चाहाना पनि हुन्छ ।  तर तपाईलाई सायद थाहा छैन होला एक कागतीले फुटेको पैताला ठिक गर्न सक्छ भनेर । त्यसको लागि तपाईले अरु केहि होइन कागतीलाई आफ्नो मोजामा राखेर ठिक गर्न सक्नुहुनेछ ।
 
बिधि
 यसको लागि तपाईलाई मोजा , कागती र नरिबलको तेलको आवश्यकता पर्दछ  । कागतीलाई आधा काटेर अफ्नो पैतालामा मिल्ने आकार बनाउनुहोस् ।  काटेको कागतीलाई फुटेको कुर्कुचामा राख्नुहोस् ।  

कागती राखेपछि त्यो भन्दा माथि मोजा लगाउनुस् र  करीब आधा घण्टा छोड्नुस् । आधा घण्टा पछि मोजा खोलेर कागती हटाउनुहोस् । कागतीमा रहेको एसिडले फुटेको पैतला नरम गर्छ र मृत कोषलाई पनि सफा गर्दछ।  

अब सो स्थानमा नारिवलको  तेल लगाएर मालिस गर्नुहोस । यसो गर्नाले तपाईको फुटेको पैताला केहि दिनमै ठिक हुन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ