arrow

एमाले सांसदको निर्देशनमा प्रहरीले ज्यादती गरेको आरोप

logo
प्रकाशित २०७२ फागुन १४ शुक्रबार
DSC_0042.JPG.jpeg
कठमाडौ । खोटाङ्गका रविन राई र केशब न्यौपानेले नेकपा एमालेका तर्फबाट खोटाङ्ग क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित सांसद विशाल भट्टराईको निर्देशनमा प्रहरीले आफूहरुलाई गैरन्यायिक हिरासतमा राखेर अन्याय गरेको आरोप लगाएका छन । न्यौपाने र राईले शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर त्यस्तो आरोप लगाएका हुन । 
 
नागरिक उड्डयन प्राधिकरण खोटाङ्ग थामखर्क स्थिति विमानस्थल सुरक्षार्थ सेक्यूरीटी भवन निर्माणको जिम्मा पाएका दिनेश थापाले काम नगरेपछि न्यौपानेसँग मिलेर काम गराईएको थियो तर लगानी भएको रकम थापाले न्यौपानेलाई नदिई सभासदको शक्ति लगाएर उल्टै प्रहरीको गैरन्यायिक हिरासतमा राखेर लुटपाट गर्ने काम गरिएको पत्रकार सम्मेलनमा न्यौपानेले आरोप लगाए । 
 
न्यौपानेले  खोटाङ्ग डिएसपी विद्यानन्द माझी र ईन्स्पेक्टर ईश्वर बस्नेतले विनाकारण पक्राउ गरी चार दिनसम्म हिरासतमा राखेर थापा र न्यौपानेवीच भएको १६ लाख ६० हजार रुपैयाको लेनदेनको कागज, २ लाख ३० हजार नगद, मोवाईल, औठी र कागजात लुटपाट गरेको बताए ।  सांसद भट्टराईले आफ्ना मानिस राजु ढकालमार्फत गराउन चाहेपनि थापालाई टेण्डर परेपछि विवाद बढेकोमा आफूले काम गरेपछि त्यसबाट रुष्ट भई आफूलाई यातना दिलाउने काम गरेको उनले बताए । 
 
उनीहरुले गैरन्यायिक हिरासतमा राख्ने प्रहरी अधिकारी र आफूलाई दुख दिने संसद भट्टराई दिनेश थापा, प्राचार्य कुमार पराजुली, राजु ढकाल र नरेन्द्र उदाससहित सबैमाथि कारवाहीको माग गरेका छन ।  न्यौपानेले आपूmले सभामुख, पार्टी र सुरक्षा निकायमा समेत उजुरी गर्दा पनि कारवाही हुन नसकेको गुनासो गरे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ