arrow

२ वर्षको बालकले ४७ बर्षका लागि लक गरे आईफोन

logo
प्रकाशित २०७५ मंसिर २ आइतबार
i-phone-disabled.jpeg

काठमाडौं । केटाकेटीलाई मोबाइल दिनु आफैमा खतरा हो । यसले केटाकेटी मात्र नभएर कहिले काहि मोबाइलमा पनि क्षति हुने गरेको छ । यस्तै एक घटना चीनमा भएको छ । त्यहां एक बालकले मोबाइलमा यति धेरै पटक गलत पासवर्ड हाल्यो की मोबाइल करीब ४७ बर्षको लागि लक भयो ।

कन्का न्युज डटकमका अनुसार  बालकले जति पटक गतल पासवर्ड हाल्यो त्यति नै फोनको समय बढ्दै गयो र अन्तत गलत पासवर्ड यति धेरै पटक रखेपछि आइफोन करिब ४७ बर्षको लागि लक भयो ।

त्यसपछि लू नाम गरेकि महिलाले आइफोनलाई तुरुन्त प्राविधिज्ञ भएको ठाँउमा लिएर गइन् । प्राविधिज्ञले उनलाई दुईवटा उपाय दिए ।  उनले  ४७ बर्षसम्म आइफोनको लक खुल्ने समय सम्म पर्खनु पर्ने र फोनलाई पुरै फर्मेट गर्ने । उनले अन्तत फोन फर्मेट गर्न भनिन् । त्यसपछि घर लिएर फर्किइन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ