arrow

कपर्दी खेल्ने क्रममा खेलाडी घाइते, अवस्था गम्भीर, उपचारमा कठिनाई

logo
प्रकाशित २०७२ फागुन १४ शुक्रबार
Giri-tritmen-fnl.jpg.jpeg
बझाङ । सातौं राष्ट्रपति रनिङ शिल्डका लागि भएको कपर्दी खेल्ने क्रममा एक खेलाडी गम्भिर घाइते भएकी छन् । गर्जेपानी उच्च माध्यमिक विद्यालयमा भएको कपर्दी खेलमा प्रतिस्पर्धी खेलाडीको हातले गला च्यापिएर जनप्रिय उच्च माध्यमिक विद्यालयमा कक्षा १० मा अध्यनरत छात्रा हेमा गिरी घाइते भएकी हुन् । प्रतिस्प्रर्धी गर्जेपानी उच्च माध्यमिक विद्यालयकी एक छात्राको हातले घाँटीमा दबाव परेर ढलेकी गिरीको सदरमुकाम स्थित अमिसा अस्पतालमा उपचार भइरहेको छ । 
 
गिरीको घाँटीको सर्भाइवल इन्जुरी भएको र सिटी स्क्यान नगर्दा सम्म विरामीको अवस्था पक्ता नलाग्ने अमिसा अस्पतालका चिकित्सक विवेक सापकोटाले बताए । घाँटीलाई आड दिनका लागी सर्भाइवल कोलर भन्ने उपकरण चाहिने उक्त उपकरण जिल्ला भरी नपाइएकोले प्राथमिक उपचारमा कठिनाई भैरहेको सापकोटाले बताए ।  
 
गिरीलाई अक्सिजन मास्क लगाएर राखिएको र अक्सिजन झिक्ने वितिकै निस्सासिने गरेकोले जिल्लामा उनको उपचार सम्भव नभएको सापकोटाको भनाई छ । बझाङमा अक्सिजन सहितको एम्बुलेन्स उपलब्ध नभएका कारण सुविधायुक्त अस्पतालमा उनलाइ लैजान समेत कठिनाई भैरहेको जनप्रिय उच्च माध्यमिक विद्यालयकी शिक्षिका सुशीला ओझाले बताइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ