arrow

माइकल ज्याक्सनको रोयल्टी आइन्स्टाइनको भन्दा धेरै

logo
प्रकाशित २०७५ मंसिर ३ सोमबार
michel-enstine.jpg

काठमाडौं ।  मनमा ठाँउ बनाएपछि मानिस मृत्युपछि पनि जिवितै रहन्छ, यो भनाइ हामीले सुनेका पनि छौ र साँचो भएको पनि देखेका छौँ । तर मृत्युपछि पनि मानिसको कमाइ हुन्छ ? यो बारे सोचेको नहुन सक्छौ । संसारमा चलेको नामहरुले अहिले पनि यति कमाइ गरिरहेका छन् कि उनको पुस्ताले बिना कुनै काम बर्षौ सम‍म बसि बसि खान पुगिरहेको छ । फोर्ब्सले यस्तै मानिसहरुको सूची जारी गरेको छ ।

उक्त लिस्टमा माइकल ज्याक्सनदेखि लिएर बब मार्लिसम्मको नाम रहेको छ । तर सबै भन्दा अचम्मको कुरा चाहि सो सुचिमा विज्ञानका अल्बर्ट आइन्स्टाइनको नाम पनि रहेको छ ।

माइकल ज्याक्सन
माइकल ज्याक्सनको नाम त्यहासम्म पुगेको छ जहाँ संगीत पुगेको छ । पृथ्वीका शायदै कम मानिस मात्र होलान् जसलाई माइकल ज्याक्सनलाई मन नपराओस् । अंग्रेजी गीत सुन्ने परम्परासँगै मानिसहरु माइकल ज्याक्सनको नाम जानदथे ।

किङ्ग अफ पप ज्याक्सन अहिले पनि करोडौं‌ कमाइ रहेका छन् । उनि अहिले पनि बार्षीक ७६ करोड रुपैयाँ कमाउने गरेका छन् ।  उनको आफ्नो म्यूजिक कम्पनी छ र उनको गीतको रोयल्टी पनि । अघिल्लो बर्ष उनको कमाई ७ अर्व १५ करोड रुपैयाँ थियो । तर यस बर्ष कमाइ घटेको हो । तरपनि उनि मरणोपरान्त कमाई गर्ने मानिसको सूचिमा प्रथम स्थानमा छन् ।
 
अल्बर्ट आइन्स्टाइन

सूचीमा आइन्स्टाइनको नाम १० औँ स्थानमा रहेको छ । उनि अहिले पनि ९ करोड ५३ लाख रुपैयाँ बार्षीक कमाइ गर्छन् । उनको  नाममा कयौ  सिद्धान्त र मोडेल छन् । यीनै को रोयल्टी र लाइसेन्सबाट आइन्स्टाइनको कमाई हुने गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ