arrow

मेसी र सुआरेज बन्न खोज्दा आपत

logo
प्रकाशित २०७२ फागुन १४ शुक्रबार
jok-messi.jpg.jpeg
एजेन्सी । हालै ला लिगा मा सेल्टा भिगोविरुद्ध बार्सिलोनाका स्टारद्वय लियोनल मेसीले आफुले पाएको पेनाल्टीमा लुइस सुआरेजलाई असिस्ट पेनाल्टी पास दिँदा स्वारेजले गोल गरेका थिए । जुन तालमेलको संसार भरी हाल प्रशंसा भइरहेको छ । सो तरिकाको गोल गर्ने शैली विश्वभर लोकप्रिय भएको छ । हालै  उक्त शैली को प्रयोग गरेर गोल गर्ने प्रयास गरेका जिम्बावेका खेलाडीद्वय जोडिक म्युटुअल र भ्यालेनटाइन हासोका पात्र भएका छन् । 
 
मेसी र सुआरेजले जस्तै गोल गर्ने प्रयास गरेर डाइनामोस फुटबल क्लबका खेलाडी रोड्रेकले भ्यालेनटाइनलाई बल पास गरेका थिए, तर भ्यालेनटाइनले गोललाई जाली चुमाउनुको सट्टा हतारमा पोष्ट भन्दा करिब २ मिटर बाहिर प्रहार गरेपछी सबै खेलाडी तथा दर्शक जिल्ल परेका थिए । यो प्रहार विफल भएसंगै सबै टिम बार्सिलोना तथा सबै खेलाडी मेस्सी र सुआरेज सन सक्दैनन् भन्ने उदाहरण बनेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ