arrow

क्यान्सरबाट बच्न सादा खानपिन आवश्यक

logo
प्रकाशित २०७५ मंसिर ३ सोमबार
BT-cancer.JPG

काठमाडौं । नेपाल ब्रेस्ट क्यान्सर फाउन्डेसनले प्रत्येक वर्ष देशमा करिब पाँच हजार महिलालाई स्तनसम्बन्धी क्यान्सर हुने गरेको बताएको छ । ग्रामीण भेगका महिलामा सो रोग लागेपछि परिवारका आफन्तले लुकाउन चाहने गरेकाले बिरामीको सङ्ख्या सहरी क्षेत्रको तुलनामा धेरै पाइएको जानकारी दिए ।
 
४० वर्षभन्दामुनिका अधिकांश महिलालाई हुने स्तन रोग पाइएको उपचारपछि रोगीको आयु धेरै लम्ब्याउन नसकिने र रोग लागेको प्रारम्भिक चरणमा शल्यक्रिया गरे ९० प्रतिशत महिलाको आयु पाँच वर्षभन्दा बढी लम्ब्याउन सकिन्छ ।

त्रिवि शिक्षण अस्पतालले गरेको अनुसन्धान अनुसार ५० वर्ष नाघेका महिलालाई सो रोग दुई तिहाइ पाइएको र ४० वर्षभन्दा तलका महिलालाई एक तिहाइको अनुपातमा पाइएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार प्रत्येक वर्ष विश्वमा पाँच लाख २२ हजार महिलाको स्तन क्यान्सरको रोगबाट मृत्यु हुने गरेको छ । प्रत्येक वर्ष १५ लाख महिला नयाँ बिरामीका रुपमा देखा पर्छन् ।
 
नेपालमा करिब ५० हजार क्यान्सरका बिरामी भएको अनुमान छ । सो रोगबाट बच्नका लागि सूर्तीजन्य पदार्थ, मदिरा, चिल्लोयुक्त खानपिनको प्रयोग नगर्ने व्यायाम तथा हिँडडुलमा सन्तुलन कायम गरी मोटोपना घटाउन र समय समयमा स्वास्थ्य परीक्षण गर्नुपर्ने हुन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ