arrow

सलमान खानलाई धम्की दिएपछि पक्राउ परे शाहरुख

logo
प्रकाशित २०७५ मंसिर ४ मंगलबार
salman-khan.jpg

काठमाडौं । बलिउड सुपरस्टार सलमान खानलाई धम्की दिने उत्तर प्रदेशका एक व्यक्ति पक्राउ परेका छन् । प्रहरीले सोमबार आरोपी शाहरुख गुलाबनबी उर्फ शेरालाई पक्राउ गरेको हो । पक्राउपछि प्रहरीलाई शेराले आफू बलिउडमा काम गर्न मौका चाहेको बताएका छन् । उनि बलिउडमा सलमान उनको गडफादर बनुन् भन्ने चाहन्छन् ।

प्रहरीका अनुसार शेराले अक्टोबरमा सलमान खानको निजि सहयोगीलाई फोन गरेर अभिनेताको नम्बर मागेका थिए । जब सलमानका सहयोगीले शेरालाई नम्बर दिन नसकिने बताए तब शेराले उनलाई धम्की दिए।

बरिष्ठ प्रहरी निरिक्षक अनावकरले भने 'सलमानका सहयोगीले प्रहरीसँग सम्पर्क गरेपछि हामीले बान्द्रा प्रहरी चौकीमा अज्ञात मानिस बिरुद्ध मुद्दा दर्ता गर्‍यौ।'  उनका अनुसार शेरालाई इलाहावादबाट गिरफ्तार गरिएको हो। शेरालाई सोमबार मुम्बई ल्याइएको छ। र उनलाई सोमबारै अदालतमा हाजिर गरियो। अदालतले शेरालाई २२ नोभेम्बर सम्म प्रहरी हिरासतमा राख्ने आदेश दिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ