- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
बुटवल । जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीका जिल्ला न्यायधिवक्ता कोषहरि निरौलालाई ८० हजार घुससहित अख्तियारको टोलीले पक्राउ गरेको छ ।
सेवाग्राहीसँग ठगीको मुद्दा मिलाइदिन्छु भन्दै ८० हजार लिँदै गरेका उनलाई कार्यालयभित्रै टोलीले पक्राउ गरी नियन्त्रणमा लिएको हो ।
मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले निरौलालाई कार्यालय खुल्नासाथ घुससहित रंगेहात पक्राउ गरेको हो ।
निरौलालाई हिरासतमा राखेर थप अनुसन्धान गरिने अख्तियार प्रवक्ता तथा सहसचिव रामेश्वर दंगालले बताए ।