arrow

बडीमालिकामा फ्री वाइफाई ईन्टरनेट जडान

logo
प्रकाशित २०७५ मंसिर ४ मंगलबार
photo4.jpg

बाजुरा । जिल्ला सदरमुकाम मार्तडीमा रहेको बडीमालिका नगरपालिकाले फ्री वाईफाई जडान गरिएको छ । नगरपालिकामा आउने ग्राहकहरुलाइृ सहज रुपमा इन्टरनेटमा पहूँच पुर्‍याउने उद्देश्यले फ्री वाईफाई जडान गरिएको प्रमुख प्रशासकिय अधिकृत हिरालाल भण्डारीले जानकारी दिएका छन् ।

उनले दिएको जानकारी अनुसार नगरपालिकाको सभाबाट पारित ई–बडीमालिका कार्यक्रम अन्तगत उक्त सेवा सुचारु गरिएको बताए । नगरपालिकाका १–९ वटै वडामा समेत इन्टरनेट जडान गरिएको छ । नगरपालिकाका ८ र ९ वडा बाहेकका ७ वडामा सहज रुपमा इन्टरनेट जडान गर्न सहज नभएपनि ई–बडीमालिका कार्यक्रम मार्फ ९ वटै वडामा इन्टरनेट जडान गरिएको नगर प्रमुख पदम बडुवालले बताए।
 
उनले नगरपालिकाका २ हजार ७०० जनसंख्यालाई इन्टरनेटको पहुँचमा पुर्‍याउनका लागि इं–बडीमालिका कार्यक्रम ल्याइएको बताए। नगरपालिकाका अति विकट रुपमा रहेका वडा नं–१,५ र ६ वडामा समेत इन्टरनेट जडान गरिएको बडीमालिका नगरपालिकाका सुचना प्रविधी अधिकृत हेम बहादुर थापाले बताए।
 
उनले इन्टरनेट जडानपछि सुहज रुपमा वडा कार्यालयका स्थानीयहरुले इन्टरनेट चलाउदा निकै हर्षित भएको बताए । विकट वडाहरुमा इन्टरनेट सुविधा सुचारु भएपछि स्थानीयबासीहरुले निकै खुसी भएको बडीमालिका नगरपालिका–६ कोर्धका वडा अध्यक्ष कला बडुवालले बताइन् ।

उनले नगरपालिकाले वडामै इन्टरनेट जडान गरेपछि स्थानीयहरु सामाजिक संजाल समेतबाट देश विदेशमा आफन्तलाई कुराकानी गर्न थालेको प्रति वडा अध्यक्ष बडुवालले खुसी व्यक्त बताइन् ।

बडीमालिका नगरपालिकाका सबसै वडामा रहेका प्रत्येक विद्यालयहरुमा इ हाजिर समेत जडानका लागि प्रक्रिया अघि बढाइएको बडीमालिका नगरपालिकाका उप प्रमुख  कविता विष्टले बताइन् । नगरपालिकालाई समृद्ध नगर बनाउनका लागि एक अति आवश्यक काम पुरा भइसकेको बताइन् । पाँच वर्षसम्म नगरबासीलाई गरी खाने खालका कार्यक्रम ल्याइएको प्रमुख प्रशासकिय अधिकृत भण्डारीको भनाई रहेको छ ।
 
इन्टरनेट सुविधासंगै नगरवासीलाई वडास्तरमै गुणस्तर सेवा दिएको बारेमा समेत सिसिटिभी क्यामरा जडानका लागि समेत प्रक्रियाको थालनी सुरु भएको नगरपालिकाले जनाएको छ । इन्टरनेट जडानका लागि यो आर्थिक वर्षमा २० लाख रुपैया विनियोजन गरिएको नगरपालिकाले बताएको छ ।

अझै ई बडीमालिकाको काम नसकिएकाले बजेट अभाव हुने सुचना प्रविधी अधिकृत हेम थापाले बताए। नगरपालिकाले फ्री वाईफाई सुचारु गरेपछि इन्टरनेट चलाउनेको सेवाग्राही समेत बढ्न थालेको सुचना शाखाले जनाएको छ ।
 
उनले नगरपालिकाले दुर्गम वडामा स्वास्थ्य सेवा सहज गर्नका लागि प्रत्येक वडामा सहरी स्वास्थ्य केन्द्र स्थापना गरी भवन समेत निर्माण भई स्वास्थ्य सेवा दिन थालिएको प्रमुख प्रशासकिय अधिकृत भण्डारीले  बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ