arrow

शाहरुखमाथि खनियो सिख समुदाय, अदालतमा ‘जीरो’ बिरुद्ध मुद्दा

logo
प्रकाशित २०७५ मंसिर ४ मंगलबार
zero.jpeg

काठमाडौं । बलिउड अभिनेता  शाहरुख खानको चलचित्र ‘जीरो’ संकटमा परेको छ । चलचित्र ‘जीरो’ का निर्माताहरु र अभिनेता शाहरुख खानबिरुद्ध मुद्दा दायर भएको छ ।  दायर मुद्दा माथि मुम्बई उच्च अदालतले ३० नोबेम्बरमा सुनवाई गर्दैछ ।

चलचित्रको ट्रेलरमा सिख समुदायको भावनाहरू माथि आहात गरेको मुद्दामा दावी गरिएको छ । वकील अमृतपाल सिंहका अनुसार  यसै महिनाको सुरुमा सिख समुदायका खालसाले मुद्दा दायर गरेर अदालतमा चलचित्रको  निर्देशक र निर्मातालाई शाहरुखले ‘कृपाण’ भिरेको दृश्य हटाउन निर्देशन दिन माग गरेका छन्।

मुद्दामा केन्द्रीय फिल्म प्रमाण बोर्ड (सीबीएफसी) सँग पनि चलचित्रलाई प्रमाणपत्र नदिन र यदि दिएको भए त्यसलाई रद्द गर्न अपील गरिएको छ । खालसाले सोमवार न्यायधीश बी पी धर्माधिकारी र न्यायधीश एस वी कोतवालको बेन्च समक्ष मुद्दा बारे उल्लेख गरेका हुन् । जसमाथिको  सुनवाई ३० नोबेम्बरमा हुनेछ ।

मुद्दामा भनिएको छ  चलचित्रको ट्रेलरमा शाहरुख खान गन्जी र हाफपान्टसँग गलामा ५०० को नोटको माला लगाएर गलामा  ‘कृपाण’ लगाएको देखाइएको छ । खालसा भन्छन् 'कृपाण ‘रहमत मर्यादा’ अर्थात सिख धर्म अपनाएपछि मात्र लगाउन पाइन्छ ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ