arrow

‘जंक फूड’ ले बढायो उमेर नपुगी महिनावारी हुने समस्या

logo
प्रकाशित २०७५ मंसिर ४ मंगलबार
junk-food.jpg

काठमाडौं ।  केटीहरुको शारीरिक तरुण अवस्था (प्यूवर्टी) जंक फूडको अत्याधिका प्रयोगका कारण औसद उमेर भन्दा पाँच वर्ष अगाडि महिनावारी हुन थालेको एक अध्ययनले देखाएको छ।

केहि बालिकाहरुमा छ-सात वर्षको उमेरमै पहिलो महिनावारी हुने समस्या देखा परेको लण्डनबाट प्रकाशित हुने पत्रिका ‘द सन’ले छापेको छ। अमेरिकामा भएको एक अध्ययनका अनुसार, केटाहरुको पुरुषता (मच्योरीटी) पहिलेको तुलनामा दुई वर्ष अगाडी हुने गरेको पाइएको छ।

 १८६० को दशकमा केटीहरुको वयस्क अवस्थाको औसत उमेर १६.६ वर्ष हुने गरेको वैज्ञानिकहरुको अनुसन्धानबाट पत्ता लागेको छ । तर यो क्रम २०१० सम्म आइपुग्दा औसत उमेर १०.५ वर्षमा झरेको वैज्ञानिकहरुको निष्कर्ष छ।

 यस्तो गिरावट भइरहेमा सानो उमेरमा नै केटीहरु गर्भवती हुने र यसबाट शारिरीक र मानसिक रुपमा केटीहरुमा समस्या देखिदै जाने त्रास, वैज्ञानिहरुमा रहेको पत्रिकाले छापेको छ।

यौवन एक प्राकृतिक प्रक्रिया हो, जुन किशोरावस्थाको पूर्ण रुप वयस्कको तिर लम्कन्छ।शरिरमा हुने रासायनिक तत्वको निर्माणबाट हरेर मानिसहरुमा यो अवस्थाको सिर्जना हुन्छ। जुन मस्तिस्कबाट पीयूषिका-ग्रन्थि (पिट्यूटरी ग्यान्ड) हुदै यौवन ग्रन्थिसम्म पुग्छ।

जसले सेक्स हार्मोन्सको उत्पादन गरी केटा-केटीहरुको शारीरिक रुपमा परिवर्तन गराई यौवन अवस्थाको निर्माण गर्दछ। जंक फूडबाट प्राप्‍त हुने तत्वले समयभन्दा पहिले नै यी ग्रन्थिहरुलाई सक्रिय गराई शारीरिक रुपमा परिवर्तन ल्याउने भएकाले उमेर नपुगी बालिकाहरुमा महिनावारी हुने अध्ययनको प्रतिवेदनमा उल्लेख भएको पत्रिकाले छापेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ