arrow

युएफा महासचिव इन्फान्टिनो फिफा अध्यक्ष निर्वाचित

भने,–‘फिफा सुधार गर्न अथक काम गर्ने छु’, इन्फान्टिनो सफल हुने : ब्लाटर

logo
प्रकाशित २०७२ फागुन १५ शनिबार
fifa-inf.jpg.jpeg

एजेन्सी । विश्व फुटबल महासंघ फिफाको नयाँ नेतृत्वमा जियानी इन्फान्टिनो निर्वाचित भएका छन् । युरोपेली फुटबल संघ युएफा महासचिव समेत रहेका स्वीस नागरिक इन्फान्टिनो चुनावी मैदानमा रहेका तीन प्रतिष्पर्धीलाई पछि पार्दै फिफाको अध्यक्ष निर्वाचित भएका हुन् । दोस्रो चरणको मतदानमा इन्फान्टिनोले १ सय १५ मत पाए । निकटतम प्रतिद्वन्द्वी  एसियाली फुटबल महासंघ एएफसीका अध्यक्ष शेख सलमान बिन इब्राहिम अल खालिफा २७ भोटले पछि परे ।

स्वीट्जरल्याण्डको ज्युरिचमा शुक्रबार भएको निर्वाचनमा अध्यक्षको प्रत्यासी जोर्डनका राजकुमार अली बिन अल हुसेन, फ्रान्सका जेरोमी स्याम्पेन र दक्षिण अफ्रिकाका टोक्यो सेक्सवेल समेत थिए । सेप ब्लाटर पाँचौ कार्यकालका लागि अध्यक्ष चुनिदाँ जोर्डनका राजकुमार अली बिन अल हुसेन पराजित भएका थिए ।  
गएको वर्ष मात्रै लगातार पाँचौ कार्यकालको लागि निर्वाचित ब्लाटरले कार्यभार सम्हालेको केही हप्तापछी पदत्याग गर्ने घोषणा गरेपछि निर्वाचन तय भएको थियो ।

ब्लाटर फिफा भ्रष्टाचार प्रकरणमा निलम्बनमा परेका छन् । फिफामा अब ब्लाटर राज सकिएको छ । उनका उत्तराधिकारीसमेत निलम्बनमा परेकाले उनको युग सकिएको हो । सन् १९९८ देखि फिफाको नेतृत्व गर्दै आएका ब्लाटरले फिफा आचारसंहिता उल्लंघन गरेको भन्दै ६ वर्षको निलम्बनमा परेका हुन् । निर्वाचित भएपछि इन्फान्टिनोले भनेका छन्, ‘म फिफाका लागि अथक काम गर्ने छु, विश्व फुटबलको मर्यादा पुरानै अवस्थामा फर्काउन मेरो महत्वपूर्ण जिम्मेवारी हुनेछ ।’ इन्फान्टिनोले यो एक रोमान्चक र लामो यात्रा भएको बताए । सेप ब्लाटरले समेत इन्फान्टिनो सफल हुने बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ