दोषीलाई कारवाहीको माग गर्दै प्रदर्शन, मंगलबार दिनभर धनगढी बन्द
सुनिल आउजी,
प्रकाशित २०७५ मंसिर ४ मंगलबार
670
Shares
धनगढी। विजय थापाको हत्यामा संग्लन दोषीलाई कारवाहीको माग गर्दै धनगढीमा प्रदर्शन गरिएको छ। प्रर्दशन संगै आज बिहानै देखि धनगढी बजार पुर्णतया बन्द रहेको छ।
जिल्ला प्रशासन कार्यालय अगाडी केही घण्टा धर्ना समेत दिईएको छ। दोषीलाई कारवाही र पिडितलाई न्याय दिनका लागि घोषणा गरिएको कैलाली बन्द विहान देखि नै जारी रहेको छ। यसअघि दिउँसो १२ वजेदेखि भनिएकोमा विजय थापा न्यायिक समितीले विहान ७ वजेदेखि नै कैलाली बन्दको घोषणा गरेको हो।
प्रदेशको अस्थायी राजधानी धनगढीमा युवक हत्या प्रकरणका दोषीलाई कारवाही माग गर्दै प्रदर्शन गरिएको छ। प्रदेश प्रमुखको कार्यालय नजिकै धनगढी उप–महानगरपालिका वडा नम्वर ४ स्थित नाष्ट कलेज अगाडी स्थानीय विजय थापाको हत्या भएको भन्दै पिडित परिवार आफन्त र नगरवासीहरुले धनगढीमा विरोध प्रदर्शन गरेका हुन्।
ट्राफिक चौराहदेखि जिल्ला प्रशासनसम्म नाराबाजी सहित प्रदर्शन गरिएको हो। जिल्ला प्रशासन कार्यालय अगाडी पिडित परिवार आफन्त र नगरवासीहरुले धर्ना समेत दिएका छन्। उनीहरुले चर्का नाराबाजी सहित प्रदर्शन र धर्ना दिएका हुन्। यता प्रहरीले घटनाको अनुसन्धान गरिरहेकावेला आन्दोलनमा उत्र्रिएका पिडित परिवारले भने आफ्नो आन्दोलन यथावत राखेका छन्। आन्दोलनका वाँकी कार्यक्रमहरु भने मंगलवार साँझ तय गरिने विजय थापा न्यायिक संघर्ष समितीले जनाएको छ।