arrow

अस्थाई साधन प्रयोग गर्न झन्झट लाग्छ ? अपनाउनुहोस् यी घरेलु उपाय

logo
प्रकाशित २०७५ मंसिर ४ मंगलबार
pregnent.jpg

काठमाडौं ।  परिवार नियोजन विवाहित जोडिको लागि महत्वपूर्ण कुरा हो । गर्भधारणले  वास्तविक खुशी तब प्रदान गर्दछ जब त्यो सहि समयमा प्लानिङ्ग गरिन्छ । यदि महिला चाडैं गर्भवती भए त्यो एक झन्झटको बिषय बन्न जान्छ । साथै पछिल्लो समय महिला - पुरुष परिवार नियोजनका अस्थाई साधनहरु प्रयोग गर्न झन्झट मान्ने गरेका छन् ।  यदि तपाई पनि गर्भवती चाडै नहोस् र अस्थाई साधन प्रयोग गर्नु नपरोस् भन्ने चाहानुहुन्छ भने अपनाउनुहोस् यी  घरेलु उपाय ।

मेवा
गर्भधारणपछि मेवा खान मनाही गरिएको हुन्छ किनभने यसबाट गर्भपतन हुने संभावना हुन्छ । यस बाहेक यसले गर्भधारण नहुन दिन पनि सहयोगी हुन्छ । यसलाई तपाई सम्बन्ध राखेपछि तीन−चार दिनसम्म दिनमा दुई तीन पटक खानुहोस् । गर्भधारण नहुन सहयोगी हुनेछ ।
 
कमन फिग
कमन फिग एक निकै स्वदिष्ट र फलदायक फल हो । यसलाई सुकाएर मेवाको रुपमा प्रयोग गर्न सकिन्छ ।  मेवा बाहेक कमन फिगले पनि गर्भधारणलाई रोक्ने  एक सजिलो उपाय हो । तपाई दिनमा दुई −तीन कमन फिग अवश्य खानुहोस् । यसले गर्भधारण हुने संभावना त कम गर्छ नै, साथै यसले रगत सर्कुलेशनलाई पनि राम्रो बनाउन मद्दत गर्छ ।
 
अदुवा
अदुवाको प्रयोग हरेक घरमा कुनै न कुनै रुपले भै रहेको हुन्छ तर तपाईलाई थाहा छैन होला कि यसले गर्भधारण रोक्न पनि मद्दत गर्छ । तपाई अदुवालाई धोएर पिस्नुहोस र पानीमा हालेर उमाल्नुहो्स ।  अब सो पानीलाई छानेर दिनमा दुई तीन पटक पिउनुहोस ।
 
नीम
नीमले पनि नचाहँदो गर्भधारण रोक्छ । यसको प्रयोगले शुक्राणुको गतिशीलता निकै कम हुन्छ र गर्भधारणको संभावना कम हुन्छ । नीमको प्रयोग विभिन्न तरिकाले गर्न सकिन्छ । तपाई यसको पात वा तेलको प्रयोग गरेर गर्भधारण रोक्न सक्नुहुनेछ । नीमको तेलको इन्जेक्शन यूट्रस वा फेलोपियन ट्यूबको ज्वाइंटमा दिने गरिन्छ जसबाट शुक्राणुको अन्त्य हुन्छ । यस बाहेक बजारमा नीमको ट्याबलेट पनि पाइन्छ । यसको सेवन पुरूषले गरे गर्भधारणको संभावना कम हुन्छ ।
 
धनीयाँ
गर्भधारण रोक्ने एक प्रभावी घरेलु उपचार हो धनीयाँ। यो सबैभन्दा सजिलै उपलब्भ हुन्छ र तपाई यसलाई चीयाको रुपमा सेवन गर्न सक्नुहुन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ