arrow

‘बीपीको विद्रोह’ आउँदै 

logo
प्रकाशित २०७५ मंसिर ४ मंगलबार
BP-ko-bidroha.jpg

काठमाडौं। पत्रकार जगत नेपालको अनुसन्धानात्मक कृति ‘बीपीको विद्रोह’ शुक्रबार सार्वजनिक हुने भएको छ। पुस्तकलाई बाह्रखरी बुक्सले बजारमा ल्याउन लागेको हो। प्रकाशन गृहको पहिलो पुस्तक समेत रहेको कृतिमा प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाबारे सुक्ष्म अध्ययन, स्थूल वर्णन गरिएको छ।

प्रजातान्त्रिक समाजवादका प्रवर्तक एवम् राजनेता बीपी कोइरालाका राजनीतिक जीवनका लुप्त पाटा र विद्रोहको आयामलाई नेपालले पुस्तकमा समेटेका छन्। त्यस्तै पुस्तकमा नेपालमा प्रजातन्त्र स्थापना गर्नका लागि बीपीले गरेको सङ्घर्ष, चालेको कदम, उनको विद्रोही चेत र विद्रोहको आयातनको मिहीन ढंगले विवेचना गरिएको छ।

नेपाली वाङ्मयमा नयाँ चिन्तन, नयाँ आयाम, नयाँ परम्परा र शैलीका प्रवर्तक समेत मानिएका बीपीका आफ्नै आत्मपरक कृति (आफ्नो कथा र जेल जर्नल) पनि प्रकाशित छन्। तर, नेपालले बीपी स्वयम्ले उजागर नगरेका र उजागर गर्न बाँकी रहेका छिरलिएका तथ्यलाई एकत्रित गरेर आफ्नै आँखाले हेर्ने प्रयत्न गरेका छन्।

त्यस्तै समकालीन नेताको आँखाबाट बीपीलाई ठम्याउने प्रयत्न समेत गरेका छन्। बीपीबारे लामोसमयदेखि खोज, अध्ययन, अन्वेषण गर्दै आएका सर्जक नेपालका ‘पहिलो संसद– बीपी महेन्द्र टकराव’ ‘आफ्नै कुरा, गिरिजाप्रसाद कोइरालाको जीवनी’, ‘सदन,सत्ता र सडकमा नेपाली कांग्रेस’ लगायत पुस्तक प्रकाशित छन्।

शुक्रबार राजधानीमा एक कार्यक्रमका बीच पूर्वराष्ट्रपति रामवरण यादवले कृति विमोचन गर्ने कार्यक्रम रहेको बाह्रखरी बुक्सका सम्पादक राजेन्द्र पराजुलीले जानकारी दिएका छन्।

साथै कार्यक्रममा पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईसहित राजनीतिक विश्लेषक हरि शर्मा, शिक्षाविद् केदारभक्त माथेमा, डा. ज्ञानु पाण्डेलगायतले पुस्तकबारे टिप्पणी गर्ने कार्यक्रम रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ