arrow

लक्ष्मण बस्नेतको प्रश्न 'मजदुरको प्रतिनिधित्व चाहिदैनर काँग्रेसमा?' (भिडियो)

बिपीको समाजवाद किन अधुरो हुने बताए लक्ष्मण बस्नेतले?

logo
प्रकाशित २०७२ फागुन १५ शनिबार
laxman-basnet.jpg.jpeg
काठमाडौं। देशकै सबैभन्दा ठुलो पार्टी नेपाली काँग्रेसको १३ औ महाधिवेशनको मिति नजिकिदै गर्दा केन्द्रीय नेतृत्वमा पुग्नको लागि धेरैले दावी प्रस्तुत गरेका छन्। बिगतमा गरेको काम तथा भबिष्यमा गर्न सकिने योजनाहरु प्रस्तुत गर्दे केन्द्रीय महाधिवेशनका उम्मेदवारहरु महाधिवेशनका प्रतिनिधिहरु माझ पुगिरहेका छन्।
 
नेतृत्व तहमा मजदुहरुको आवाज सघन हुन नसक्दा कतिपय मुद्दाहरु ओझेलमा परेका छन् भन्ने आम मजदुरको गुनासो बढेसगै साँढे दुई दशक भन्दा बढी समय ट्रेड युनियन आन्दोलनमा सकृय लक्ष्मण बस्नेतले काँग्रेस केन्द्रीय सदस्यको लागि उम्मेदवारी दिदै नेतृत्वको दावी प्रस्तुत गरेका छन्। 
 
"नेपाली कांग्रेसको केन्द्रमा मजदुरको प्रतिनिधित्व हुन सकेन भने बिपीको समाजवाद अधुरो रहन्छ। देशभर रहेका मजदुरहरुको प्रतिनिधित्व गर्दे काँग्रेस केन्द्रीय समितिमा मेरो उम्मेदवारी घोषणा गरेको हुँ।"  बस्नेतले हाम्राकुरा डटकमसँगको कुराकानीको क्रममा बताए।  
 
अस्तब्यस्त रहेको मजदुर आन्दोलनलाई लामो समयसम्म काम गरेर ट्रेड युनियनको आन्दोलनलाई एकै ठाँउमा ल्याउन सकेका छौ। मजदुरका मुद्दाहरु एकिकृत गर्दे साझा बनाउन सकेका छौ। अव यी मुद्दाहरुलाई मजदुरको हितमा हुने गरी काम गर्नु जरुरी रहेको छ। अव मेरो लडाई यस तर्फ केन्द्रीत हुने मजदुरका नेता बस्नेतले बताए। नेपालका मजदुरहरुको प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय मञ्चहरुमा समेत सहभागिता र नेतृत्व गर्दै आएका बस्नेत देशमा अझै पनि मजदुर मैत्री कानुन बन्न नसकिरहेको सुनाउँछन। बस्नेत भन्छन ' मजदुरका प्रतिनिधी निणार्यक तहमा नपुग्दा १६ बर्ष देखि श्रम ऐनमा समेत सुधार गर्न सकिरहेका छैनौ ।'
 
बनारसमा अध्ययनका क्रममा रहदा नै जननायक बिपी कोइरालासँग समेत नजिकबाट सहकार्य गरेका बस्नेत पछि गिरिजाप्रसाद र शुशील कोइरालासग नजिक रहेर मजदुरको हक हितको लागि लागिपरे। गिरिजाप्रसाद आफै मजदुर फाँटबाट आएका कारण उनका पालासम्म धेरै मजदुर मैत्री काम भए। मजदुरका सवालहरु उहाँहरुले नै पुरा गरिदिनुहुनेछ भन्ने बिश्वास रहदै आएको थियो। शुसिलले पनि केहि सकारामत्मक पहल गरेकै थिए। अब भने रिक्तता महशुस भएको छ। मजदुरको हकहितका लागि र उनीहरुका आवाजलाई काँग्रेसको केन्द्रीय मञ्चबाट लागू गराउन पनि केन्द्रीय समितिमा मजदुर प्रतिनिधी आवश्यक भएको महशुस पछि साथीहरुको सल्लाहमा आफूले उमेद्वारी दिने तयारी गरेको बस्नेतले बताए। 
 
हाम्रो समाजले मजदुरलाई तल्लो दर्जामा राखेर हेर्ने चलन थियो, २०४६ सालको परिर्वतनपछि लगातार रुपमा मजदुरको हक हितको लागि लागिपर्दा मजदुर र मालिकलाई एउटै टेवल बस्नसक्ने गरि आत्मसम्मानको विकास गर्न सकिएको, सामुहिक सौदावाजीबाट मजदुरको पक्षमा काम गराउन सकिने अवस्था आए पनि अझै पनि मजदुरको हितको लागि राष्ट्रले अझै धेरै गर्न बाँकी रहेको बस्नेतले बताए। मजदुरहरुको लागि राज्यले र देशभित्र रहेका दलहरुले उदार भएर निर्णय लिने बेला आएको उनको जिकिर छ। 
 
'आज पनि बिश्वभर छरिएका ५०/५२ लाख नेपाली आप्रवासी मजदुरको अवस्था दयनीय छ। उनिहरुले पठाँएको रेमिटेन्सले देश चलेको छ तर राष्ट्रले उनीहरुको भबिष्यको लागि खोइ त सोचेको ?' उनले प्रश्न गरे। 
 
अव काँग्रेसले केन्द्रमा मजदुरलाई प्रतिनिधित्व गराउन आनाकानी गर्नु हुन्न। गुट र उपगुट भन्दा माथि उठेर मजदुरको प्रतिनिधीलाई केन्द्रीय समितिमा पुर्‍याउन सबैले सहयोग गर्नुपर्ने आवश्यकता उनले औंल्याए। मजदुरहरुको वकालतमै आफूलाई समर्पित गर्दै आएका बस्नेत भन्छन 'अवको कांग्रेस मजदुर मैत्री हुनुपर्छ। कांग्रेसले मजदुरलाई नअटाए काँग्रेसप्रति मजदुरको विकर्षण बढ्छ।' 
 
मजदुर आन्दोलनमा अगुवा तथा मजदुर हकहीतका पक्षमा वकालत गर्दै आएका बस्नेतले कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेसँगै हाम्राकुरा डटकमसँग राखेको बिचारका भिडियो अंशहरुका लागि तल हेर्नुहोला:



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ