arrow

यसरी गर्दैछन् पौडेलले प्रचार

logo
प्रकाशित २०७२ फागुन १५ शनिबार
ramchanra-banner.jpg.jpeg
काठमाडौं । नेपाली काँग्रेसको संस्थापन पक्षबाट सभापतिका लागि उमेदवारी दिने सहमती जुटाएपछि कार्यवहाक सभापति रामचन्द्र पौडेल पक्षले प्रचार प्रसारलाई तिव्रता दिन थालेको छ । प्रचार प्रसारका लागि सभापतिका अन्य उमेदवारहरु भन्दा पौडेल धेरै अगाडी देखिएका छन् ।
 
प्रचार प्रसारका लागि पौडेल पक्षका कार्यकर्ताहरुले कार्यविभाजन गरेर शालिनतापुर्वक प्रचार प्रसार गरिरहेका छन् । सभापतिका उमेदवार पौडेलको समर्थनमा जिल्ला जिल्लामा पनि प्रचार प्रसार भईरहेको पाईएको छ । काठमाडौं, पोखरा, तनहुँ, विराटनगर, रुपन्दही, कैलाली, नेपालगञ्ज लगायतका जिल्लाहरुमा उनका समर्थकहरुले स्वतःस्फुर्त रुपमा पर्चा, वोर्ड, व्यानर आदी बनाएर घर, चोक, बाटो आदीमा प्रदर्शन गर्ने गरेका छन । 
 
त्यसैगरी विद्युतिय माध्यमहरुलाई प्रयोग गरेर आफ्नो विचार तथा उद्धेश्य सहितको प्रचार प्रसारका लागि पनि पौडेल सवै भन्दा अगाडी देखिएका छन् । उनको तहको नेताले गरेको यो नै पहिलो र सवै भन्दा फरक खालको प्रचार भएको कार्यकर्ताहरुको भनाई छ । यसअघिका नेताहरुले पर्चा, पम्प्लेट, भित्तेलेखन, व्यानर मात्रै गर्ने गरेका भएपनि अहिले उनले विद्युतिय माध्यमलाई बढी जोड दिएका छन् । 
 
सामाजिक संजाल फेसवुक, ट्वीटर लगायतका विद्युतिय माध्यमहरुलाई उनले सवै भन्दा बढी प्राथमिकता दिइएको पाईएको छ । उनले ति माध्यमहरु मार्फत आफ्नो विचार, उद्धेश्य, पार्टी, लोकतन्त्र, राष्टियता, समाजवाद, विकास, कृषीक्रान्ती आदी प्रतिको प्रतिबद्धता र दृष्टीकोण पनि स्पष्ट पार्दै आएका छन् । सामाजिक संजालको प्रयोगले युवा पुस्ताका विचमा आफ्नो सन्देश र विचार प्रवाह गर्न निकै सजिलो भएको र त्यसले उनी प्रतिको विश्वास र भरोसा बढाएको र निकै सकारात्मक तथा उत्साहजनक प्रतिक्रियाहरु आएको पौडेलको सचिवालयका सहयोगी चिरन्जीवी अधिकारीे बताए ।   
 
त्यसैगरी एसएमएस मार्फत बधाईदिने, सुझाव माग्ने, महाधिवेशनको तयारीका बारेमा जानकारी दिने लगायतका कामहरु पनि पौडेलको सचिवालयले गरिरहेको छ । फोन सम्पर्क गरिरहने कामलाई पनि नेता पौडेलले उत्तिकै महत्व दिएका छन् । दैनिक सयौंसंग उनले फोन संवाद गर्ने गरेका छन् भने दैनिक एक हजार जनासंग भेटघाट गर्ने गरेको उनका छोरा चिन्तन पौडेलले जानकारी दिए । 
 
प्रचारका माध्यमहरुको प्रयोग बाहेक उनले नेता तथा कार्यकर्ताहरुसंगको भेटघाट, छलफल र अन्तरक्रियामा सवै भन्दा धेरै समय लगाउने गरेका छन् । अनामनगर, बनस्थली, महाराजगञ्ज लगायतका विभिन्न ठाउमा रहेका उनका सम्पर्क कार्यालयहरुमा उनले तालिकाबद्ध गरिकाले नेता तथा कार्यकर्ताहरुसंगको अन्तरक्रियालाई व्यवस्थीत गरेका छन् । उनी विहान ८ बजेदेखि ११ बजे सम्म बनस्थली, दिउसो केही समय सभापति सुशील कोईरालाको निधन भएको नेता शशांक कोईरालाको घरमा र विहान सवेरै तथा साँझ अवेरमा आफ्नै घरमा भेटघाटमा रहने गरेका छन् भने अधिकांश समय पार्टी केन्द्रीय कार्यालय सानेपामा समय दिने गरेका छन् । पार्टी कार्यालयमा भएर कार्यकर्तालाई भेट्ने र महाधिवेशनको तयारी गर्ने कार्यलाई कार्यकर्ताले प्रशंसनीय मानेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ