arrow

कस्ता छन् संसारका सबैभन्दा ठूला हिरा

logo
प्रकाशित २०७५ मंसिर ५ बुधबार
diamond.jpeg

काठमाडौं । सुन्दर आभूषलाई नचाहाने को होला  ? त्यसमा पनि हिरा भए अझ आकर्षक । हिरा चिजै त्यस्तो हो जहाँ सजिन्छ त्यहाँ को शान अझ बढ्छ । तर हिरा पाउन त्यति सजिलो छैन । केही हिरा यस्ता छन् जसलाई पाउन राजा-महाराजा पनि चाहान्छन् ।
 
लेसोथो हिरा

लेसोथो हिरा इतिहासकै पाँचौ ठूलो हिरा हो । ९१० क्यारेक्टको यो हिरा दक्षिण अफ्रिकाको लेसोथो पहाडमा पाइएको थियो ।

कलिनन हिरा

३१०६ क्यारेक्ट को यो हिरो १९०५ मा दक्षिण अफ्रिकाको खानमा पाइएको थियो । सो हिराको नाम खानीका मालिकको नाम 'सर थोमस कलिनन' को नामबाट राखिएको थियो । ब्रिटेनका राजालाई उपहारमा दिइएपछि सो हिरालाई दुई टुक्रामा बाढिएको थियो । यसलाई 'ग्रेट स्टार आफ अफ्रिका' र 'लेसर स्टार आफ अफ्रिका' नाम दिइयो । दुवै हिरा ब्रिटेनको  राजदरबारमा राखिएको छ ।
 
लेसी ला रोना

सन् २०१५ मा यो हिरा एक मजदुरले क्यानाडाको एक खानीमा भेटाएका थिए । यसको आकार टेनिसको बल बराबरको रहेको छ । ग्रेफ हिरा जूलरले यसलाई ६ अर्व ९ करोड मुल्यमा किनेका थिए ।  

एक्सेलसियर हिरा

यो हिरा पनि दक्षिण अफ्रिकाको खानीमा भेटिएको थियो । ९९५ क्यारेक्ट को यो हिरा २० टुक्रामा तोडिएको थियो । पछि यसको सबैभन्दा ठुलो टुक्रा ७० क्यारेक्टको टुक्रालाई २९ करोड ८९ लख रुपैयामा बेचिएको थियो ।

स्टार आफ सिएरा लियोन

यस हिराको नाम दक्षिण अफ्रिकाको एक देश सिएरा लियोनको नाममा राखिएको हो । ९६९ क्यारेक्ट यो हिरा सोहि  शहरमा भेटिएको थियो  र यो हिरालाई १७ टुक्रामा बाढियो । सबैभन्दा ठुलो टुक्रा ५४ क्यारेक्टको थियो



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ