arrow

किसानका ऋण तिरिदिने अमिताभले पाए सयाजी रत्न पुरस्कार

logo
प्रकाशित २०७५ मंसिर ५ बुधबार
amitab.JPG

काठमाडौं । बलिउड सुपरस्टार अमिताभ बच्चनलाई मंगलवार तृतीय सयाजी रत्न पुरस्कारबाट सम्मानित गरिएको छ । यो सम्मानको सुरुवात बडौदाका पूर्व शासक सयाजीराव गायकवाड तृतीयको सम्झनामा दिने गरिन्छ ।

बच्चनले  बडौदाका लागि सयाजीराव गायकवाड तृतीयको योगदान बारे चर्चा गर्दै श्रद्धाञ्जली दिए । यस भन्दा पहिला सो सम्मान इन्फोसिसका सह-संस्थापक एन आर नारायण मूर्ति र उद्योगपति रतन टाटाले पाएका थिए ।

लक्ष्मी विलास प्यालेसमा मंगलबार दिउँसो आयोजित समारोहमा बच्चनले उत्तर प्रदेश र महाराष्ट्रका कयौ  किसानको  ऋण तरिदिएको खुलासा गरेका थिए ।

उनले उत्तर प्रदेशका १,३९८ किसान र महाराष्ट्रका ३५०  किसानहरुलाई सहयोग गरेको बताए । उनले यस्तो कामले अन्तरिक शान्ति मिलेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ