arrow

विश्वका सबैभन्दा धनी मुलुकहरु

logo
प्रकाशित २०७५ मंसिर ५ बुधबार
desh.JPG

काठमाडौं । कुनै पनि मुलुकको आफ्नै किसिमको विशेषता हुन्छ । फरक–फरक विशेषता भएका मुलुकहरुलाई फरक फरक सूचीमा राख्न सकिन्छ ।

अर्थतन्त्रको विषय कूल गार्हस्थ्य उत्पादन (जीडीपी)को आधारमा गरिने गरिएको छ । जीडीपीको आकारको हिसाबमा अमेरिका र चीन विश्वका सबैभन्दा ठुलो मुलुकहरु हुन् । प्रतिव्यक्ति आयको हिसाबमा भन्ने हो भने लक्जेम्वर्ग, स्विट्जरल्याण्ड र मकाओ विश्वका सबैभन्दा धनी मुलुकहरु हुन् ।

उल्लेखित कुराहरु साँचो भए पनि केही मानिसहरु भने यसलाई मान्न तयार छैनन् । उनीहरु मुलुकका मानिसहरुको सामन खरिदको क्षमताको आधारमा मुलुक वास्तवमा धनी हो वा गरिब भन्ने कुराको आँकलन गर्न सकिने बताउँछन् । त्यसका लागि फरक फरक मुलुकहरुको सामन खरिदको क्षमता कस्तो छ भन्ने कुराको जानकारी लिनु जरुरी हुन्छ ।
 
यस किसिमको विवरणलाई आधार मान्ने हो भने कतार, मकाओ, अक्जेम्वर्गका साथै सिँगापुर, ब्रुनाई र कुबेत सबैभन्दा धनी मुलुकहरु हुन् । धनी मुलुकहरुको सूचीमा कतार सबैभन्दा अगाडि रहेको छ । सन् २०१३ मा मकाओ कतारलाई पछि पार्दै अघि बढेको थियो तर पुनः २०१५ मा कतार अगाडि आएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ