arrow

फाइदा मात्र छैन पुदिनाको चिया पिउनु

logo
प्रकाशित २०७५ मंसिर ५ बुधबार
pudina.jpg

काठमाडौं । सामन्य रुपमा पुदिनाको चिया पिउनु स्वस्थको लागि राम्रो मानिन्छ । क्याफिन रहित हुनुका साथै पुदिनाको चिया प्रतिरक्षा तन्त्र मजबुद बनाउन सहयोग गर्छ । साथै तनाब र थकान कम गर्न पनि पुदिनाको चिया प्रभावकारी मानिन्छ । पुदिनाको चिया पिउनाले फाइदा त छ तर यसका बेफाइदा पनि छ ।

अपचको समस्या
जो मानिसलाई अपचको समस्या छ उसले पुदिनाको चिया पिउनु नोकसानदायक हुन्छ । अपचका बिरामिहरुले पुदिनाको चिया पिउनाले अपचको समस्या अझ बढ्न सक्छ । त्यसैले डाक्टरको परामर्श बिना पुदिनाको चिया सेवन गर्नुहुदैन ।
 
रक्तमा चिनिको मात्रामा कमि
पुदिनाको चिया पिउनुको अर्को बेफाइदा यसले रगतमा चिनिको मात्रा कम गर्दछ । साथै मधुमेह रोगिहरुले खाने औषधिको प्रभावमा पनि असर गर्न सक्छ । यसैले मधुमेह रोगिहरुले यसको प्रयोग नगर्नु राम्रो हुन्छ ।
 
एलर्जी
पुदिनाको चिया पिउनुले केहि मानिसहरुलाई एलर्जी हुने संभावना हुन्छ । यदि तपाईलाई पुदिनाको चिया पिएपछि टाउको दुख्यो, खुट्टमा दुख्ने लक्षण देखिए यो संकेत पुदिनाको चियाबाट भएको एलर्जी हो । यस्तो लक्षण देखिए पुदिनाको चिया सेवन गर्न बन्द गर्नुहोस र तुन्तै  उपचार गराउनुहोस् ।
 
 साना बच्चाका लागि अनुचित
पुदिनाको चिया औषधी गुणबाट युक्त भएपनि शिशु वा साना बच्चाका लागि नउचित हुन्छ। चिया सेवनबाट बालबालिकलाई स्वास लिन समस्या हुन्छ । त्यसैले पुदिनाको चियाबाट बालबालिकालाई टाढै राख्नुहोस् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ