arrow

निर्धन बैकले तिन लाख सम्म विनधितो ऋण दिने

logo
प्रकाशित २०७२ फागुन १५ शनिबार
nirdhan-logo.jpg.jpeg
काठमाडौं । लघु उद्यमीलाई कर्जा प्रवाह गर्ने सम्बन्धमा निर्धन उत्थान बैंक र राष्ट्रिय लघु उद्यमी महासंघबीच   समझदारी भएको छ । समझदारी अनुसार निर्धनले लघु उद्यम बिकास कार्यक्रम (मेडेप) र नेपाल सरकारको गरिबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम (मेडपा) ले प्रवर्द्धन गरेका लघु उद्यमीलाई रू तीन लाख सम्म बिना धितो ऋण प्रवाह गर्नेछ । तीन लाखभन्दा बढी ऋण चाहिने उद्यमीहरुलाई नेपाल राष्ट्र बैँकको नीतिअनुसार ऋण प्रवाह गरिने पनि समझदारीपत्रमा उल्लेख छ ।
 
समझदारीपत्रमा बैँकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जनार्दन देव पन्त र महासंघका तर्फबाट अध्यक्ष लाक्पा लामाले हस्ताक्षर गरेका हुन्। यो समझदारीपत्रबाट बिभिन्न ५२ जिल्लाका ४० हजारभन्दा बढी लघु उद्यमीहरु लाभान्वित हुने अपेक्षा गरिएको छ ।
 
समझदारी पत्रमा हस्ताक्षर गरेपछि राष्ट्रिय लघु उद्यमी महासंघका अध्यक्ष लाक्पा लामाले दुर्गम र गाउँमा व्यापार व्यवसाय सञ्चालन गर्नेलघु उद्यमीहररूको मुख्य समस्या ऋणमा पहुँच भएकोले यो समझदारीले उक्त समस्या समाधानमा सहयोगी हुने विश्वास व्यक्त गरे ।
त्यसैगरि बैँकका प्रमुख कार्यकारी अधिकृत जनार्दन देव पन्तले दुर्गम र गरिबहरुसमक्ष वित्तीय पहुँच पुर्याइ गरिबी निवारणमा सघाउ पुर्याउनु निर्धन बैँकको मुख्य लक्ष्य भएकोले आफुहरु दुर्गमका लघु उद्यमीहरूलाई प्राथमिकताका साथ ऋण प्रवाह गर्ने बताए ।
 
राष्ट्रिय लघु उद्यमी महासंघ देशभरका नब्बे हजार लघु उद्यमीहररूको छाता संगठन हो । यसका ५० जिल्लामा जिल्ला लघु उद्यमी समुह संघ गठन भइसकेका छन् । महासंघले ऋणमा पहुँचका लागि सम्भावित लघु उद्यमीहरूको पहिचान र सहजिकरण यिनै जिल्ला संघहरुमार्फत गर्ने छ । निर्धन उत्थान बैंक नेपालमा लघु वित्त क्षेत्रमा अग्रणी संस्था हो। यसको सञ्जाल देशका ७५ वटै जिल्लामा रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ