arrow

यस्तो छ संसारको सबैभन्दा ठुलो कृत्रिम समुद्री तट

logo
प्रकाशित २०७५ मंसिर ५ बुधबार
ocean-dome-opened.jpg

एजेन्सी। 'कृत्रिम समुद्री तट' हरु हङ्गकङ्ग, बर्लिन र टोरन्टो सहित पुरै संसारमा प्रख्यात रहेका छन्। तर, जापानको मियाजाकीमा अवस्थित 'बीच' संसारकै सबै भन्दा ठूलो 'कृत्रिम समुद्री तट' हो।

यस कृत्रिम समुद्री तट को नाम सीगाईया ओशन डोम हो ।  ९ सय ८४ फीट लामो र ३ सय २८ फीट चौडाइ रहेको यस 'बीच' मा संसारकै सबै भन्दा ठुलो छत रहेको छ।

खजूरको सुन्दर रुख, सफा बालुवा र उच्च छालहरू पर्यटको आकर्षणको केन्द्र विन्दु हुन्। यहाँ एक पटकमा दस हजार पर्यटक अटाउन सकिन्छ।१९९३ मा शुरू भएको यस 'बीच' मा प्रत्येक बर्ष १२ लाख मानिसहरु आउने गर्दछन्। प्राकृतिक समुद्र तट भने यहाँबाट केवल तीन किलोमीटर टाढा रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ