arrow

जुकरवर्गका कारण लोकप्रियता गुमाउँदै फेसबुक, भन्छन् 'राजीनामा दिन्न'

logo
प्रकाशित २०७५ मंसिर ५ बुधबार
facebook-mark-zuckerberg-0069.jpg

काठमाडौं । फेसबुकका संस्थापक एवं अध्यक्ष मार्क जुकरवर्गले आफूले दिएको राजीनामा दिने भन्ने विषयमा उनले आफ्नो धारणा स्पष्ट पारेका छन् । उनको राजीनामाको विषयमा चौतर्फी चर्चा सुरु भएपछि उनले आफू अहिले राजीनामा दिने मनस्थितीमा नरहेको स्पष्ट पारेका हुन् । 

यो साल फेसबुकको लागि सुरुवातदेखि नै धेरै समस्याहरु सिर्जना भईरहेका छन् । यसैबीच पछिल्ला दिनहरुमा फेसबुकका लगानीकर्ताहरुले जुकरवर्गको राजीनामा माग गर्दै आएका छन् । यसैबीच उनीमाथि के तपाई राजीनामा दिँदै हुनुहुन्छ ? भन्ने प्रश्नमा उनले यसको इन्कार गरेका हुन् । 

जकरबर्गले फेसबुकको मुख्य परिचालन अधिकारी शेरिल सैन्डबर्गलाई पनि बचाएर प्रतिक्रिया दिए । उनले अहिलेको संकटबाट सही तरिकाबाट बाहिर निस्कनको लागि सैन्डबर्गको समेत आलोचना भईरहेको थियो । जुकरबर्गले भने, 'शेरिल कम्पनीको महत्वपूर्ण हिस्सा हुन्। उनी कैयौं ठूलो मुद्दामाथि कम्पनीको प्रयासलार्इ अघि बढाउँदै आएका व्यक्ति हुन् ।'  यसैका साथ उनले भने, 'शेरिल दस वर्षदेखि मेरोलागि महत्वपूर्ण सहयात्री हुन् । म उनको कामबाट धेरै गौरवान्वित महसूस गर्दछु ।'

न्यूयोर्क टाईम्सको एक रिपोर्टले जुकरवर्गका कारण पछिल्लो समय फेसबुकप्रति आम मानिसको लोकप्रियता घट्न थालेको उल्लेख गरेको छ । रिपोर्टमा लेखेको छ कि फेसबुक अहिले प्रयोगकर्ताहरुको आलोचनालाई दबाउन खोज्दा यसका प्रयोगकर्ताहरु फेसबुकप्रति आलोचक बन्दै यसको प्रतिस्पर्धी कम्पनी तिर जान लागेका छन् । यसमा जुकरवर्गको पनि महत्वपूर्ण भूमिका रहेको छ ।

त्यस्तै, द टेलिग्राफको अर्काे एक रिपोर्टले २०१६ को अमेरिकी चुनावमा रुसी प्रभाव र क्याम्ब्रिज एनालाईटिकाको मामलामा आफ्नो आलोचनालाई दबाउनको लागि फेसबुकले रिपब्लिकन पीआर कम्पनी डिफाइनर्स पब्लिक अफेयर्सको सहायता लिएको थियो। यस्तो खबरपछि फेसबुकमा ८५ लाख पाउण्ड बराबरको हिस्सा राख्नेवाला ट्रिलियम एसेट मैनेजमेन्टका सीनियर भाइस प्रेसिडेन्ट जोनास करनले जुकरबर्गलाई फेसबुकको अध्यक्ष पदबाट राजीनामा दिन माग गरिरहेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ