arrow

भारतीय कलाकार आलोक नाथविरुद्ध मुद्दा दर्ता

logo
एएफपी,
प्रकाशित २०७५ मंसिर ५ बुधबार
Vinta-Nanda-files-rape-case-against-Alok-Nath-.jpg

मुम्बई। भारतीय प्रहरीले बलिउड कलाकार आलोक नाथविरुद्ध बुधबार मुद्दा दर्ता गरेको छ। मिटु अभियानअन्तर्गत बलात्कारसम्बन्धी आरोप सार्वजनिक भएपछि उनीविरुद्ध मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।

भारतमा बढ्दै गइरहेको मिटु अभियानका कारण अन्य केही कलाकारलाई पनि अनुसन्धान भइरहेको र केहीलाई भने कारबाही अगाडि बढाइएको प्रहरीको भनाई छ।

एक जना लेखक तथा निर्माता भिन्टा नन्दले वरिष्ठ कलाकार आलोकलाई १९ वर्ष अगाडि बलात्कार गरेको आरोप लगाएको समाचारमा जनाइएको छ।

“हिजो (मङ्गलबार) भिन्टा नन्द मुम्बईको ओसिवारा प्रहरी कार्यालयमा आउनुभयो र आलोक नाथविरुद्ध उजुरी दिनुभयो,” एक प्रहरी अधिकारीले भने। उनकै उजुरीका आधारमा आलोकविरुद्ध मुद्दा दायर गरिएको प्रहरीको भनाई छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ