arrow

माझीको पुरख्यौली पेशा संकटमा

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७२ फागुन १५ शनिबार
majhi.jpg.jpeg
पाँचथर। तमोर नदिमा माछा मारेर जीविकोपार्जन गर्दै आएका माझी समुदाय संकटमा परेका छन् । गत जेठमा ताप्लेजुङको विभिन्न गा.वि.स.मा गएको विनाशकारी बाढी पहिरोपछि आएको बाढिले माछा बगाउँदा अहिले नदिमा कमै माछा रहेको माझीहरु बताउँछन् ।
 
 विहान देखि वेलुकीसम्म जाल हान्दा पनि एक छाक माछा मार्न हम्मेहम्मे हुने गरेको उनीहरु बताउँछन् । माछा मारेर बेच्दै गुजारा चलाउँदै आएका माझिटारका माझी समुदाय चिन्तित भएका छन् । स्थानीय राजेन्द्र माझीले नदिमा माछा अत्यन्तै पातालिएको बताए । माझीले दिनभरीमा १-२ किलो माछा मार्न पनि गाह्रो हुने गरेको बताए ।
 
 माछा नदिमा कम भएपछि पुरख्र्यौली पेशालाई अवलम्वन गरौ कि नगरौँ भन्ने दोधारमा माझी समुदायका युवा पुस्ता रहेका छन् । माछा मारेर स्थानीय फिदिम बजारमा विक्री गर्दै थिए । तर आजभोली तरकारी खानै नपुग्ने बताउँछन् । अमरपुर ९ पिनासीघाटका प्रकाश माझिले बाढिले आफूहरुको रोजीरोटी बगाएको जनाए । हामी व्यापार व्यवसाय गर्दैनौँ ।
 
 हामी त माछा मारेर जीविको चलाउँछौँ । उनले भने– पुर्खालाई खुशी पार्न पनि माछा मार्ने पेशा अंगाल्नु पर्छ । जिल्लाको अमरपुर ९ –पिनासीघाट, नक्कलेघाट, फिदिम र भारपाको संगममा पर्ने माझीटारसँगै सिम्राघाट र लुमुघाटमा गरी करिव डेढ सय परिवार माझीहरु वषौँदेखि माछा मार्ने पेशा अंगाल्दै आएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ