arrow

भारतीय बजारमा चिनियाँ स्मार्टफोनको राज, पाँच हजार स्टोर खोल्दै साअाेमी

logo
एजेन्सी
प्रकाशित २०७५ मंसिर ६ बिहिबार
xiaomi1.jpg

काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता साओमीले भारतमा बजारमा आफ्नो स्मार्टफोनको व्यापार बढाउने भएको छ । कम्पनीले भारतमा २०१९ को अन्तिमसम्ममा ५ हजार नयाँ खुद्रा स्टोर खोल्ने निर्णय गरेको छ ।

साओमीका भारत व्यापारका उपाध्यक्ष तथा प्रबन्ध निर्देशक मानु जैनले भारतमा अफलाइन व्यापारमा उल्लेख्य सफलता हासिल गरेसँगै व्यापारिक विस्तारको यो योजना अघि सारिएको हो । 

साओमीले आफ्नो अफलाइन खुद्रा व्यापारमा ४० प्रतिशतको हिस्सा ग्रामीण क्षेत्रलाई लक्षित गरी ल्याइएको बताएको छ । कम्पनी अर्को वर्षसम्म आफ्नो आम्दानी आधाले बढाउने योजनामा रहेको बताइएको छ । यो योजनाले भारतमा १५ हजार रोजगारी सिर्जना हुने बताइएको छ । 

साओमीको लागि भारत सबैभन्दा तीव्र गतिमा व्यापारिक विस्तार भएको क्षेत्र हो । भारतमा विशेषगरी रेडमीको फोनको व्यापार उल्लेख्यमात्रामा हुने गरेको छ । भारतको बजारमा सस्ता स्मर्टफोनहरु सार्वजनिक गरेको कारण व्यापार पनि विस्तारको क्रममा रहेको हो । 

भारतको व्यापारमा साओमीले सामसुङ र भिभोजस्ता कम्पनीहरुलाई व्यापारमा पछि पारिसकेको छ । भारतमा साओमीले अहिले ल्याएको ५ हजार स्टोरहरु खोल्ने निर्णय इतिहासकै एकैपटक सबैभन्दा धेरै स्मार्टफोन स्टोर खोल्ने निर्णय हो । कम्पनीले एसिया, युरोप, अफ्रिका र मेक्सिकोमा पनि आफ्नो व्यापार गर्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ