arrow

संसारको कल्पना भन्दा बाहिरका वास्तविक स्थान

logo
प्रकाशित २०७५ मंसिर ६ बिहिबार
these-places-look-.jpeg

काठमाडौं ।  संसारमा यस्ता पनि ठाँउहरु छन् जसलाई देख्दा तपाईलाई काल्पनिक लाग्न सक्छ । तर वास्तविक हुन् । तपाई संसारका यी ठाँउका तस्बिर हेर्नुहोस । यी तस्बिर हेरेपछि तपाँईलाई स्वर्ग यसै धर्तीमा रहेको महसुस हुनेछ । यी चित्रहरू साँच्चै स्वर्गीय आवरणमा लिपिन्छन्, र काल्पनिक लग्नेछ। तपाईं यी तस्विरहरु मार्फत धेरै अद्भुत र सुन्दर ठाउँहरूको दृह्यपान गर्नुहुनेछ ।

माउण्ट रोराइमा, भेनेजुएला

माउण्ट रोराइमा एक चट्टानको पहाड रहेको छ । यो पाहाडको तल कुहिरो देखिछ । निकै अग्लो यो पहाडबाट स्वर्गको अनुभव गर्न सकिन्छ ।   माउण्ट रोराइमा भेनेजुएलाको यो तस्बिर हेर्दा लाग्न सक्छ ग्राफिक डिजाइनरले सिर्जना गर्यो। तर यो वास्तविक हो।
 
टनेल आफ लभ, यूक्रेन

टनेल आफ लभ एक सुरुङ हो । यूक्रेनमा रहेको यो सुरुङको चारै तर्फ झाडिले घेरिएको छ । यो सुरुङ करिब १०० मिटर लामो छ । यो स्थान पर्यटकको आकर्षक गन्तब्य हो। यसलाई प्रेमको सुरुङ पनि भनिन्छ ।

सालार डी युयुनी, बोलेभिया

बोलेभियामा रहेको सालार डी युयुनीको दृश्य अद्भुत छ । यस ठाँउबाट  जमिन र आकाश जोडिएको देख्न सकिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ