arrow

जनावरसँग जोडिएका कीर्तिमान

logo
प्रकाशित २०७५ मंसिर ६ बिहिबार
bat_animal.jpeg

काठमाडौं । कीर्तिमान मानिसले मात्र बनाउदैनन् जनावरले पनि बनाउछन् । आज, हामी तपाईंलाई यस्तो रेकर्डको बारेमा बताउँदैछौ जुन  हरेक जनावरको विशेषताहरू मात्र होइनन्, आफैमा रेकर्ड हुन् ।

 चीतुवा

छिटो कुद्नेमा चितुवालाई कसैले प्रतिस्पर्धा गर्न सक्दैन । चितुवा प्रतिकिलोमिटर १२० प्रति घण्टाको गतिमा दौडिन सक्छ ।

अमेरिकी हरिण

उत्तर अमेरिकी हरिण पाँच किलोमीटरसम्म ६० देखि ७० किलोमीटर प्रतिघण्टाको गतिमा लगातार कुद्न सक्छ ।

अस्ट्रिज

अस्ट्रिज ७० किलोमीटर प्रति घण्टा सजिलै भाग्न सक्छ । लगातार कुद्नु परेमा अस्ट्रिज ५० किलोमिटर प्रति घण्टाको गतिमा दौड्न सक्दछ ।

रुएपल गिद्ध
उचाइ उडानमा अफ्रीकी गिद्धको आफ्नै कीर्तिमान छ । सन् १९७३ मा एक रुएपल गिद्ध ११ हजार २०० मिटरको उचाइमा उडिरहेको एक विमानसँग ठोकिएको थियो ।
 
पूमा (पहाडि सिंह)

पहाडमा बस्ने  सिंह (पूमा) सबैभन्दा लामो उफ्रिन सक्छ । पूमा एक पटक जमिनबाट साढे पाँच मिटर उचाइसम्म उफ्रिन सक्छ । जमीनमा बस्ने जानवरहरुमा यो एक रेकर्ड हो ।

हमिङ्ग बर्ड

हमिङ्ग बर्ड संसारकै सबैभन्दा सानो पक्षी हो । धेरै हमिङ्ग बर्डहरुको बजन दुई ग्राम र ६ सेन्टिमिटर लम्बाई हुन्छ ।

स्पर्म व्हेल
यो व्हेल सबैभन्द गहिराईमा 'इाइभ' गर्छ । बच्चालाई दूध खुवाउने जनवारको सुचीमा रहेको यो व्हेल तीन हजार मीटर गहराईसम्म 'इाइभ' गर्न सक्छ । यो एक घण्टासम्म पानीको गहिराइमा रहन सक्छ ।  पानी भित्र यसको रगतको प्रवाह  मुटु र दिमागमा मात्र सीमित रहन्छ ।

अफ्रीकी हरिण

अफ्रीकी हरिणमा गर्मी थेग्न सक्ने अनौठो क्षमता हुन्छ । यसको शरीरको तापक्रम ४५ डिग्री सेल्सियस हुन्छ । साथै यो हरिण कयौ हप्तसम्म पानी बिना बस्न सक्छ ।

चमेरो
चमेरो आफ्नो शिकार प्रतिध्वनिको माध्यमबाट चुन्ने गर्छ ।  शिकारको समय यो जानवर  यस्तो आवाज पनि सुन्न सक्छ जुन आधुनिक प्रविधिको मध्यमबाट मात्रै सुन्न सकिन्छ । यो गुणले यसलाई शिकार खोज्न सजिलो बनाउँछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ