arrow

सुजाता कोइरालाद्वारा सभापतिमा उम्मेद्वारको घोषणा, संस्थापनमा तीन उम्मेद्वार हुने

logo
प्रकाशित २०७२ फागुन १५ शनिबार
sujata-koirala.jpg.jpeg
काठमाडौ। नेपाली कांग्रेसकी प्रभावशालि केन्द्रिय सदस्य सुजाता कोइरालाले कांग्रेसको १३ औँ महाधिवेशनमा सभापतिको उम्मेद्वार घोषणा गरेकि छिन्। रिपोर्टस क्लवमा पत्रकार सम्मेलनको आयोजना गर्दै कोइरालाले सभापतिको घोषणा गरेकी हुन्। संस्थापनमा सभापति उम्मेद्वार बनाउने क्रममा अन्यसँग परामर्श गरिएता पनि आफुसँग कुनै सल्लाह नगरेको भन्दै कोइरालाले उम्मेद्वार घोषणा गरिन्। संस्थापनमा यसअघि  रामचन्द्र पौडेल सभापतिको उम्मेद्वारमा टुङ्गो लागिसकेको छ। महामन्त्री कृष्ण प्रसाद सिटौला र कांग्रेस विदेश विभाग प्रमुख सुजाता कोइराला सभापतिको उम्मेद्वार हुने भएपछि संस्थापन भित्रै सभापतिका ३ जना उम्मेद्वार हुने भएका छन्।
 
संस्थापन भित्रवाट कार्यवाहक सभापति रामचन्द्र पौडेल सभापतिको उमेदवार हुने र विपि पुत्र शसांक कोइराला महामन्त्रीको उम्मेद्वार तथा पौडेल निर्वाचित भएमा गणेशमान पुत्र प्रकाशमानलाई उप-सभापति बनाउने सहमति गर्दै गर्दा गिरिजा पुत्री सुजातालाई कुनै भुमिका नछुटाइएपछि उनले पार्टी सभापतिको उम्मेद्वारी दिने घोषणा गरेकी हुन्। यद्धपी यो निर्णय उनको नयाँ भने होइन। उनले यसअघी देशका बिभिन्न जिल्लाहरुको भ्रमणका क्रममा सभापति बन्ने संकेत गरेकि थिइन्। यस अघी गृह जिल्ला बिराटनगरमा पुगेर उनले सभापतिको उम्मेद्वार घोषणा गरेकी थिइन्। 
 
कोइरालाले पार्टी भित्र बीपी देखि गिरिजाप्रसाद कोइरालासम्मको योगदानलाई समाप्त पार्ने ग्राईण्ड डिजाईन भईरहेको भन्दै आफू र काग्रेसलाई पनि समाप्त पार्ने षडयन्त्र भईरहेको बताईन। उनले भनिन,‘ त्यसबाट काग्रेसलाई बचाएर सहमति, सहकार्य र एकतालाई अगाडि बढाउन म चाहिन्छ। मेरो उम्मेदवारीले समस्या हल गर्छ। ’कोइरालाले पार्टीभित्र गुटबन्दी, भागबण्डा अन्त्य गरे यूवाहरुलाई राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा एक्सपोजर दिलाउन पनि आफ्नो उम्मेदवारी आवश्यक रहेको भन्दै विगतमा नेताहरुले दिएको योगदान विर्सिए काग्रेस नै समाप्त हुने चेतावनी दिईन। 
 
उनले कोइराला परिवारको समेत आफूलाई समर्थन भएको दावी गर्दै बाहिर आएका कुराहरु गलत भएको दावी गरिन। कोइरालाले भनिन,‘ शसांक कोइराला, शेखर कोइरालासँग मेरो कुरा भएको छ । मलाई उनीहरुले समर्थन जनाएका छन र बाहिर आएका कुराहरु गलत भएको आश्वास्त पारेका छन।’ 

 



नयाँ