arrow

हिटलरको कपडा लिलामीबाट लाखौं कमाउदैछ यो होटल

logo
प्रकाशित २०७५ मंसिर ६ बिहिबार
heatler-cloath.JPG

काठमाडौं । एडोल्फ हिटलर विश्वका सबैभन्द क्रूर तानाशाहमध्येका एक थिए । दोस्रो विश्वयुद्ध यी तानाशाहको कारण भएको थियो । यी तानाशाह बितेको लामो समय भइसक्यो तर उनको चर्चा आज पनि सेलाएको छैन । उनको दुई अन्डरवेयर अमेरिकाले लिलामीका लागि राखेको छ । यी अन्डरवेयरको सुरुवाती मूल्य ५ हजार पाउण्ड तोकिएको छ ।

सन् १९३८ मा हिटलरले पार्क होटल गराजमा उक्त अन्डरवेयर छाडेका थिए । त्यससँगै होटलका धनीले त्यसलाई सम्हालेर राखेका थिए । जतिबेला हिटलर होटलमा आएका थिए, त्यतिबेला धोवीलाई उनले उक्त अन्डरवेयर पनि धुन दिएका थिए तर कपडा धोएर आइपुग्दा हिटलर हिँडिसकेका थिए । त्यसपछि होटलका मालिकले यसलाई सम्हालेर राखेका थिए ।

हिटलरको अन्डरवेयर जहाँ राखिएको थियो, त्यसको तल विवरणमा यो १९ इन्च लामो र यसको कम्मर ३९ इन्च लामो रहेको बताइएको छ । यसलाई कम्मरमा बाँध्नका लागि केवल एउटा मात्र कटम रहेको छ । केही समयअघि मात्र हिटलरकी पत्नी ‘इवा ब्राउन’को अन्डरवेयर पनि बिक्री गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ