arrow

ग्यास्ट्रिकका पिडितहरुले अपनाउनुपर्ने ११ घरेलु उपाय

logo
प्रकाशित २०७५ मंसिर ६ बिहिबार
gastric-pain.jpg

काठमाडौं। ग्यास्ट्रीक नहुने नेपाली पाउन हम्मे हम्मे छ। नेपालीहरुको एउटा पहिचान ग्यास्ट्रिक भएको कुरा हामीबीचमा हुने पनि गर्छ। खानपिनको समय नमिल्नु, अमिलो पिरो चिल्लो खानेकुरा खानु लगायत धेरै कारणले ग्यास्ट्रिक हुने गरेको छ। पेट दुख्ने, पोल्ने, अम्लपित्त बढ्ने लगायतका लक्षणलाई नै ग्यास्ट्रिक भन्ने गरिन्छ।

ग्यास्ट्रिक भएकाहरुलाई वाकवाकी लाग्ने, वान्ता हुने, ढ्याउ ढ्याउ आउनु, वान्तामा रगत देखिने, कालो दिसा आउने, खाना नपच्ने, तौल कम हुने, छाती र पेटको बीचको खाल्टो वरिपरि दुख्ने, पेट पोल्नु, भोक हराउनु, अम्लपित बढ्नु, मुख बिग्रिनु, पेट भारी हुनु, अपान वायु बढ्ने आदि लक्षण देखा पर्नु नै यसको लक्षण हो। तपाइ यस्ता समस्याबाट हैरान हुनुहुन्छ भने यसबाट बच्ने घरेलु उपायहरू यस प्रकार छन्ः


१. सुप
सुप पनि एक प्रकारको औषधिकै रुपमा लिन सकिन्छ। पानीमा सुपको दाना राखी उमाल्नस् र सेलाए पछि खानुहोस्।

२. अदुवा
ग्यास्ट्रिकको समस्या कम गर्ने अर्को तरिका अदुवा हो। अदुवालाई औषधिको रुपमा पनि लिइन्छ। दिनहुँ खाना खाएपछि ताजा अदुवाको टुक्रा चपाउनुहोस् यो समस्या आफैँ टाढा हुन्छ। यसरी अदुवाको धूलो, नुन, हिंग पानीमा मिसाउनु र दिनहुँ पिउने गर्नुहोस्।

३. दालचिनी
तातेको दूधमा आधा चम्चा दालचिनीको धूलो, मह अलिकति राखेर मिसाउने र यसको सेवन राती सुत्नु अगाडि गर्नु। यसले ग्यास्ट्रिकको समस्या कम गर्न मदत गर्दछ।

४. हिंग
हिंगमा पानी मिसाइ यसको पेस्ट बनाउनु र यसलाई पेटमा राखी केही समय राख्नु। यस्तो गर्दा यो समस्या हट्दै जान्छ।

५. लसुन
२-३ वटा लसुनलाई आगोमा पोल्नुस् त्यसपछि त्यसको बोक्रा निकालेर खानुहोस्। ताजा लसुनलाई पिसनु, जिराको धूलो, जिराको गेडालाई पानीमा राखी उमाल्नु र यसको सेवन गर्नु लाभदायक छ।

६. अम्बाको पात
एउटा अम्बाको पात लिनुहोस् र त्यसलाई पानीमा उमाल्नुहोस्। यसलाई दिनहुँ पिउँदा ग्यास्ट्रिकको समस्या कम हुँदै जानेछ।

७. बेसारको पात
बेसारको पातलाई सबैभन्दा राम्रो ग्यास्ट्रिकको औषधिको रुपमा मानिन्छ। दिनको एक ग्लास दुधमा चप गरेको बेसारको पात मिसाउनु र दिनहुँ पिउनुहोस्। यसो गर्दा ग्यास्ट्रिकको समस्या कम हुँदै जानेछ।

८. आलुको जुस
आलुलाई सफा गर्नुहोस् र त्यसपछि बोक्रा हटाई चप गरेर पानीमा उमाल्नुस्। दिनकै एक ग्लास ३ पटक खाना अघि पिउनुहोस्।

९. बेकिङ सोडा
बेकिङ सोडामा धेरै मात्रामा एन्टासीड हुने कारणले ग्यास्ट्रिकको समस्या हटाउन मदत गर्दछ। एक ग्लासमा आधा चम्चा बेकिङ सोडा राखेर मिसाउनुस् र दिनहुँ यसको प्रयोग गर्ने गर्नुहोस्।

१०. पुदिना/बाबरी
एक ग्लास पानीमा ताजा पुदिना/बाबरी राखेर उमाल्ने र सेलाएपछि त्यसमा मह हालेर दिनको दुई / तीन पटक खानुहोस्। यसले ग्यास्ट्रिक समस्यालाई हटाउन मदत गर्दछ।

११. जिरा बिउ
एक ग्लास तातो पानीमा एक चम्चा जिरा बिउ राखेर उमाल्ने र केही समय सम्म यसलाई ढाकेर राख्ने र त्यसपछि यसको सेवन गर्नुहोस्।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ