arrow

जन–स्वास्थ्यमा सहजता ल्याउँदै वालिङ हस्पिटल

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७५ मंसिर ६ बिहिबार
walling-hospital.jpg

स्याङ्जा । वालिङ तथा पर्वतका नागरिकको स्वास्थ्यमा असहजता आउनासाथ पोखरा र पाल्पा धाउन पर्ने बाध्यतालाई वालिङ हस्पिटलले केही सहजता दिलाएको छ । महङ्गो रकम खर्चेर पोखरा र पाल्पा उपचार गर्नुपर्ने अवस्थालाई पछिल्लो समय वालिङ हस्पिटलले नागरिकलाई सजिलो बनाईदिएको हो । विशेषज्ञ डाक्टरको सेवाबाट बन्चित हुदै आएका स्याङ्जावासीलाई सामान्य उपचारका लागि पनि ठुलठुला शहरहरुका हस्पिटलमा सेवा लिनुपर्ने समस्याबाट सहजता दिन थालेको स्थानीयले बताएका छन् ।

साउनबाट संचालनमा आएको वालिङ हस्पिटलले अहिले जनरल फिजिसियन एम.डि.(जिपि) डाक्टरबाट २४ सै घण्टा सेवा दिदै आएको छ । कुनै पनि रोग पत्ता लगाउने पहिलो डाक्टर भनेको एम.डि.(जिपि) नै हो । एम.डि.(जिपि) डाक्टरबाट रोग पत्ता लगाएपछि मात्रै रोगका विशेषज्ञ डाक्टरबाट मात्रै उपचार गराउने प्रक्रिया राम्रो हो । यो सेवा अहिले वालिङ हस्पिटलले दिदै आएको छ । हामीले जनरल फिजिसियन डाक्टरबाट २४ सै घण्टा सेवा दिने व्यवस्था मिलाएका छौं हस्पिटलका अध्यक्ष शोभाकान्त पौडेलले भने,“हस्पिटलले दिने सेवाबाट विरामी सन्तुष्ट भएको पाएकाछौं ।” गुणस्तरीय सेवा सगै सर्वसुलभ रुपमा औषधी उपलव्ध गराउने काम पनि हामी दिएका छौं पौडेलले भने ।

१५ बेडको अनुमति पाएको हस्पिटलले एम.एल.टी.(प्याथोलोजी) का लागि अत्याधुनिक ल्याव मार्फत रगत, पिसाब, खकार, विर्य परिक्षण, टि.एफ.टि. मेशिनकाट थाईराईड, ५ सय एम.ए अत्याधुनिक एक्सरे मेशिन, रङ्गिन भिडियो एक्सरे सेवा प्रदान गर्दै आएको छ । हाईड्रोशिल, एपेण्डिक्स, हर्निया र हाडजोर्नी जस्ता साना अपरेशन समेत प्रदान गर्दै आएको छ । साना अपरेशनका लागि पनि नागरिकहरु पाल्पा र पोखरा धाउन बाध्य भएका थिए । नागरिकलाई स्वास्थ्यमा सहजता मिलोस् भनेर हस्पिटलले सनराईज बैंक र युनियन लाईफ इन्स्योरेन्स सगँ सम्झौता गरी बैंक बाट १ लाख सम्मको स्वास्थ्य विमा र ईन्स्योरेन्स मार्फत निशुल्क स्वास्थ्य परिक्षण गर्ने व्यवस्था मिलाएको अध्यक्ष पौडेलले बताए । पोखरा र पाल्पामा उपचारका लागि पुगेका विरामीले ५ सयको टिकट मार्फत एम.डी. डाक्टरबाट उपचार गर्ने बाध्यतालाई हस्पिटलले ५० रुपैयामा उपचार गर्न पाउने सुविधा दिएको पौडेलको भनाई छ ।

हस्पिटलले वडा, वडा र टोल टोलमा पुगेर स्वास्थ्य सम्वन्धी चेतनामुलक कार्यक्रम गर्ने जनाएको छ । हामी नागरिकको स्वास्थ्यमा अत्यन्तै जिम्मेवार भएर सेवा प्रदान गर्ने व्यवस्था मिलाएका छौं हस्पिटलका सचिव खगेन्द्र अर्यालले भने,“सेवा नै धर्म हो भन्ने नारालाई आत्मसाथ गरेर अगाडी बढेका छौं ।” पैसा नभएर उपचार गर्न नपाएका नागरिकका लागि पनि हस्पिटलले घरदैलोमा पुगेर निशुल्क शिविर संचालन गरी सेवा दिने कार्ययोजनाको तयारीमा जुटेका छौं अर्यालले भने । हस्पिटल संचालनमा आएदेखि हाल सम्म ५ हजार विरामीले सेवा लिएको अर्यालले बताए । वालिङ नगरपालिका, भीरकोट नगरपालिका, गल्याङ नगरपालिका, चापाकोट नगरपालिका, कालीगण्डकी गाँउपालिका र पर्वतको दक्षिण क्षेत्रका नागरिकलाई सेवा प्रवाह गर्दै आएको हस्पिटलले जनाएको छ । अत्याधुनीक सामाग्री प्रयोग गरि सेवा दिने वालिङ हस्पिटल स्याङ्जामा पहिलो हो । अत्याधुनिक र गुणस्तरीय मेशिन प्रयोग सगै हरेक शनिवार विशेषज्ञ डाक्टरहरुबाट पनि सेवा दिदै आएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ