arrow

अन्तर्राष्ट्रिय रोबोट प्रतियोगिताको तयारी

logo
प्रकाशित २०७५ मंसिर ७ शुक्रबार
Robot.jpg

काठमाडौँ । नेपालले आगामी वर्ष हङ्गेरीमा हुने अन्तर्राष्ट्रिय रोबोट प्रतियोगिता (वल्र्ड रोबोट ओलम्पियाड) मा सहभागी हुन तयारी थालेको छ ।

नेपाल दोस्रो पटक सहभागी हुन लागेको हो । स्टेम फाउण्नडेशन ओलम्पियाड नेपालको आधिकारिक संस्था हो । संस्थाले देशभरका ४० जिल्लामा विद्यार्थीका लागि आधारभूत तालीम शुरु गरेको छ ।

 आाधारभूत तालीममा उत्कृष्ट गर्ने विद्यार्थीबाट नै छनोट गरिने फाउण्डेशन नेपालका अध्यक्ष सर्जन विसिले बताए । छनोट हुने उत्कृष्ट विद्यार्थी नेपालको तर्फबाट सो प्रतियोगितामा सहभागी हुनेछन् ।

प्रतियोगितामा विश्वभरका प्राथमिक विद्यालय तहदेखि स्नातक तहसम्मका विद्यार्थी सहभागी हुन सक्छन् । प्रतियोगीका बिचमा वैज्ञानिक ज्ञान, रोबोट निर्माण र प्रदर्शनीमार्फत विभिन्न विधामा प्रतिस्पर्धा हुनेछ ।

 गतवर्ष पहिलो पटक भएको र तयारीका लागि कम समय भएकाले त्यो सच्चाएर प्रतियोगितामा सहभागी हुने फाउण्डेसनको लक्ष्य छ । उनले भने, “हामीले सकेसम्म राम्रो तयारकिा लागि अहिलेदेखि नै जुटेका छौं ।”नेपालले गतवर्ष नै ओलम्पियाडको सदस्यता पाएको थियो । रासस

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ