arrow

परागसेचनधारी जीवको ह्रासका कारण बाली उत्पादनमा सङ्कट

logo
प्रकाशित २०७२ फागुन १५ शनिबार
European_honey_bee_extracts_nectar.jpg.jpeg
क्वालालम्पुर (मलेसिया) । विभिन्न जातका माहुरी, पुतली र परागसेचन क्रियामा महत्वपूर्ण भूमिका खेल्ने अन्य जीवाणुको पछिल्लो समयमा लोप हुने खतरा बढ्दै गएपछि विश्वका प्रमुख खाद्यान्न बाली उत्पादनमा समेत ह्रास आउने खतरा बढेको संयुक्त राष्ट्रसङ्घको जैविक विविधता तथा पर्यावरण मामिला अध्ययन गर्ने संस्था (आईपीबीईएस) ले बताएको छ । आईपीबीईएस संयुक्त राष्ट्रसङ्घको सन् २०१२ मा स्थापना गरिएको भूमण्डलीय जैविक विविधताको अवस्थाको अध्ययन तथा अनुसन्धान गर्ने एक संस्था हो । 
 
पछिल्लो समयमा उत्तरपश्चिमी युरोप र उत्तर अमेरिकी मुलुकमा कैयौँ जातीका जङ्गली माहुरी र पुतलीको सङ्ख्यामा प्रचुर मात्रामा ह्रास आएको र यसका कारण बालीको परागसेचन प्रक्रियामा असर पर्न थालेपछि यसको नकारात्मक असर बाली उत्पादनमा समेत देखिन थालेको आईपीबीईएसले बताएको छ । आईपीबीईएसका अनुसार पछिल्ला केही दशकयता परागसेचनधारी जीव माहुरी, पुतली, चमेरा र ठूलो सङ्ख्यामा अरू किटाणु र जनावरसमेतको लोप हुँदै गएको छ । 
 
परोगसेचनधारी जीवको लोप हुँदै जानुमा कुन कारण मुख्य जिम्मेवार छ भन्नेमा वैज्ञानिकहरुमा पनि एकमत आउन नसके पनि यी जीवका कारण बाली उत्पादनमा कमी आउनसक्नेमा सबैजसो सहमत पाइएका आईपीबीईएसको अध्ययन प्रतिवेदनले बताएको छ । वैज्ञानिकहरुले परागसेचनधारी जीवको जाती तथा सङ्ख्यामा ह्रास आउनुमा उनीहरुको बासस्थान नष्ट हुनु, कीटनाशक विषादीको प्रयोग, वातावरण प्रदूषण, जलवायु परिवर्तन, सङ्क्रमणकारी रोगमा वृद्धि लगायत भएको अध्ययनको निचोड रहेको छ । 
 
आईपीबीईएसले भनेको छ, जनावरद्वारा हुने परागसेचन विश्वको करिब पाँचदेखि आठ प्रतिशत कृषि बाली उत्पादनका लागि जिम्मेवार छ । जसबाट २३५ अर्ब अमेरिकी डलरदेखि ५७७ अर्ब अमेरिकी डलर बराबर अर्थतन्त्रमा योगदान हुने गर्छ । एएफपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ