arrow

कोटेश्वर–कलङ्की सडकमा थप ६ आकाशे पुल

logo
प्रकाशित २०७५ मंसिर ७ शुक्रबार
kalanki-koteshor.JPG

ललितपुर । कोटेश्वर–कलङ्की सडकमा थप छ स्थानमा आकाशे पुल बन्ने भएको छ ।  चिनियाँ सरकारको आर्थिक सहयोगमा निर्माणाधीन सो सडकमा तीन ठाउँमा पुल बनाउने सम्झौता भएको थियो ।

 पैदल यात्रुलाई सडक काट्नका लागि असहज भएपछि थप सात ठाउँमा आकाशे पुल बनाउन सरकारले शुरु गरेको हो । चिनियाँ निर्माण कम्पनी सङ्घाइ निर्माण सेवा समूहलाई काठमाडौँ चक्रपथ सुधार योजनाले समन्वय गरिरहेको योजनामा कार्यरत इञ्जिनीयर नीरञ्जन शर्मा अर्यालले बताए ।

योजनाले नै थप सात स्थानमा आकाशे पुलको जिम्मेवारी लिएको छ । उनले भने, “तीमध्ये कुनैमा काम शुरु भयो कुनैमा हुने क्रममा छ, कुनैमा भने ठेक्का सम्झौता हुन नै बाँकी छ ।” चिनियाँ आफैँले कोटेश्वर, ग्वार्को र बागडोलमा आकाशे पुलको निर्माण गरिसकेको छ । सरकारले गर्ने भनिएका सात ठाउँका आकाशे पुल दुई वर्षमा सकिने योजनाले जनाएको छ । बालकुमारी, सातदोबाटो, एकान्तकुना र बल्खुमा आकाशे पुल निर्माण भइरहेको छ ।

शर्माले भने, “चारै स्थानमा जगको काम सकिएर पिलरको काम अघि बढेको छ ।” महालक्ष्मीस्थान र सानेपामा भने काम शुरु भइसकेको छैन । यी दुई स्थानमा ठेक्का सम्झौता भइसकेकाले केही समय पछि काम शुरु हुनेछ । नेपालको पहिलो आठ लेन सडकका रुपमा रहेको यो सडकको ठेक्का सम्झौता आगामी डिसेम्वरमा सकिँदैछ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ