arrow

सोनम कपूरकी बहिनी निर्देशकसँग डेटिङमा

logo
प्रकाशित २०७५ मंसिर ७ शुक्रबार
sonam-kappor.jpg

काठमाडौं । बलिउडको प्रवृत्तिलाई सेलिब्रेटिले पछ्याउन गरेका छन् । अनुष्का शर्माको विराट कोहोलिसँगको विवाह र पछिल्लो समय रणवीर सिंहको दिपिका पनदुकोणसँगले बलिउडमा विवाहको मौसम सुरु भएको छ । अनुष्का पछि सोनम कपूरको विवाह , दीपिकाको विवाह र अहिले रणवीर कपूर र आलिया भट्टको विवाहको चर्चा चल्न थालेको छ ।

यसैवीच अनिल कपूरकी कान्छी छोरी एवम् सोनम कपूरकी बहिनी रिया कपूरको विवाहको कुरा वाहिर आएको छ । रिया  सोनमको विवाहको पर्खाइमा मात्र रहेको चर्चामा चलेको छ ।

रिया कपूरलाई पर्दामा देखिने शौख छैन । उनको शौख हो पर्दा पछाडि काम गर्नु । उनि फेशन डिजाइनर र चलचित्र निर्माता हुन् । उनि निजि मामिलामा निकै हासिमजाक गर्छिन् । सोनमको विवाह अघि नै रियाले आफ्नो प्रेमिसँग परिवारलाई भेटाएकी थिइन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार रियाको प्रमि हुन् करण बलूनी। उनि पनि रिया जस्तै पर्देको पछाडि काम गर्छन् । करण सानो र ठुलो चलचित्रमा काम गरिसकेका छन् । उनले कयौ चलचित्र र शोमा निर्देशन , प्रोडक्शन र डबिङ्गको काम गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ