arrow

विवाहको कार्डमा मोदीको गुनगान !

logo
प्रकाशित २०७५ मंसिर ७ शुक्रबार
modi7.jpg

काठमाडौं । विवाहको कार्ड आकर्षक र विशेष होस् भन्ने सबैको ध्याउन्न हुन्छ । यसका लागि मानिसहरुले हरसम्भव प्रयास गर्ने गर्छन् । भारतको कर्नाटकमा भने एक जोडीले भारतीय प्रधानमन्त्री मोदीप्रति माया देखाउँदै छपाएको विवाह कार्डको फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

बर्नाटकको तटीय सहरमा बस्दै आएका ३६ वर्षीय प्रवीण सोमेश्वरले आगामी डिसेम्बर ३१ मा हुन गइरहेको विवाहको कोर्ड विशेष बनाउनका लागि मोदीको प्रशंसा पनि कार्डमा समावेश गरेका हुन् । उनले अहिले बनाएको कार्डको डिजाइनमा मोदीको तस्वीर पनि छापिएको छ । कार्डमा मोदीलाई भोट दिनु नै आफूहरुको लागि उपहार हुने उल्लेख गरिएको छ ।

कार्डमा भाजपा सरकारको उपलब्धिहरुको बखान गरिएको छ । कार्ड कन्नड भाषामा छपाइएको छ । सोमेश्वरले मोदीको कामको सम्मानको लागि आफूले सानो कदम उठाएको बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ